• वैशाख ११, २०८१, मंगलवार Tuesday, 23 April, 2024

अझै खुलेन चितवनको जाम , मुग्लिन र भन्डारा सम्म गाडीको लाम..!


अझै खुलेन चितवनको जाम , मुग्लिन र भन्डारा सम्म गाडीको लाम..!

केपी शर्मा – मंसिर १०,२०७८

नेकपा एमालेको उद्घाटन सत्र सकिएसंगै सुरु भएको सवारीसाधनक्क जाम अझै सम्म खुल्न सकेक छैन ।

नारायणगढको पुल्चोकमा भएको जाम आँफटारी हुँदै मुग्लिन सम्म पुगेको छ । यता टिकौलीको जङ्गलबाट सुरु भएको जाम पनि भन्डारा सम्म पुगेको चितवन ट्राफिक प्रमुख भगवान दास थापाले बताए ।

थापाका अनुसार जाम पुर्ण रुपमा खुल्नको लागि अझै २ घन्टा बढी लाग्ने छ।थापाले भने जाम निकै लामो छ। सुरक्षाकर्मिले सक्दो प्रयास गरिरहेको छ । लग भग २ घन्टामा खुलाइ सक्ने प्रयासमा छौं।

दिउँसो ४ बजे देखि पुल्चोकमा भएको जामले शहिदचोक लायन्स चोक सम्म गाडीको लाइन लागेको छ । यता आँफटारी देखि लगभग मुग्लिङ सम्मनै जाम छ थापाले भने।
यता भरतपुरको पारस बस पार्क देखि बाइपास रोड त झन ५ घन्टादेखिनै जामनै रहेको छ।

दिनभर रोकिएका र महाधिवेशनका लागि आएका सवारी साधन एकैपटक निस्किएकाले पनि यति ठुलो जाम परेको थापाले बताए ।

त्यसो त नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पनि कार्यक्रम स्थलबाट सौराहा होटल जाने क्रममा करिब १ घन्टा बढीनै जाममा परेका थिए।

नारायणगड बजार क्षेत्रमा जाम ठुलो भएपछि प्रहरीले बाइपास रोडको बिशाल चोक हुँदै भित्री बाटो भएर टिकौलीमा निकालेको थियो। तर उनी टिकौलीमै जाममा परेका थिए।

उनी चढेको गाडी जाममा परेपछि जाम खुलाउन ट्राफिक प्रहरीलाले निकै सास्ती खेपेका थिए।

शुक्रबार दिनभरजसो जाम भएपछि पुर्ब तर्फबाट आउने एमाले कार्यकर्ताहरू टिकौली जङ्गलबाट हिँडेर महाधिवेशनको उद्घाटन स्थल नारायणी नदी किनार पुगेका थिए । टिकौली जङ्गल नारायणी नदी किनारबाट करिब चार किमी पूर्वतर्फ पर्छ ।

महाधिवेशनमा सहभागी हुन आएका नेता कार्यकर्ता एकसाथ उद्घाटनस्थलबाट निस्किएका कारण ट्राफिक व्यवस्थापन अस्तव्यस्त छ । जामकै कारण उद्घाटन समारोहमा जनमोर्चा अध्यक्ष चित्रबहादुर केसी पनि ढिला गरी पुगेका थिए ।

  • प्रकाशित मिति : मंसिर १०, २०७८, शुक्रवार १५:५८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८