• वैशाख १५, २०८१, शनिवार Saturday, 27 April, 2024

एमालेको १०औँ महाधिवेशन उद्घाटन, कार्यक्रम सकिँदा पनि कार्यकर्ता आइरहे


एमालेको १०औँ महाधिवेशन उद्घाटन, कार्यक्रम सकिँदा पनि कार्यकर्ता आइरहे

मंसिर १०,२०७८
चितवन । नेकपा एमालेले आफ्नो १०औँ महाधिवेशनको उद्घाटन समारोहको समापन गरेको छ । चितवनको नारायणी नदी किनारमा शुक्रवार आयोजना गरिएको उद्घाटनसत्रको दिउसो करिव ४ बजेको समयमा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो सम्वोधन गर्दै सकाएका हुन् ।

करिव पाँच लाखा मानिस उतार्ने गरी आयोजना गरिएको उद्घाटन कार्यक्रममा अत्याधिक कार्यकर्ता तथा सर्वसाधरणको उपस्थिती देख्न सकिन्थ्यो । नारायणी नदी किनारको खाली जमिन प्राय मासिनहरुले भरिएको थियो । त्यतिमात्रै नभएर नवलपुरको गैँडाकोट क्षेत्रको नदी किनारमा समेत आम सर्वसाधरण तथा कार्यकर्ताको उल्लेख्य उपस्थिती नारायणगढ क्षेत्रबाटनै देख्न सकिन्थ्यो ।

प्रमुख अतिथि प्रधानमन्त्री शेरबहादुर देउवाले पनि आफ्नो शुभकामना मन्तव्य राखेका थिए । उनले आफ्नो सरकार सवैसँग सहकार्य एकता गरेर काम गर्ने र जनताका अपेक्षा पूरा गर्न सक्रिय रहेको बताए । साथै जनतालाई कोरोना खोप पुर्याउँदै विकासको बाटोमा देशलाई लैजान खोजेको बताए ।

त्यस्तै कार्यक्रममा नेकपा माओवादी केन्द्रका नेता लिलामणी पोख्रेल,राप्रपाको अध्यक्ष कमल थापा, जनमोर्चाका अध्यक्ष चित्रवहादुर केसी,लोकतान्त्रीक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव लगायतले सफलताको शुभकामना दिएका थिए ।

मध्यान्न १२ बजे सुरु गर्ने भनिएको कार्यक्रम केही समय पछि सरेको थियो । विभिन्न वक्ताहरुले आफ्ना मन्तव्यहरु एकदमै छोटो राखेका थिए । विहान ६ बजेदेखि नारायणी किनारमा आउन थालेका सर्वसाधरण र कार्यकर्ताहरु दिनभर जसो आइनैरहे । अध्यक्ष ओलीले भाषण गरिरहदा बाजागाजा सहितका टोलीहरु आइरहेका थिए ।

यतिसम्मकी कार्यक्रम समापन भएर सम्पूर्ण सर्वसाधरण कार्यकर्ताहरु फर्कदै गर्दा देशका विकट ठाउँबाट सहभागी जनाउन आएका सर्वसाधरण भने भर्खर मात्र आइपुग्दै थिए ।

नारायणी किनार परिसरमा उनीहरु एकदमै अलमलको अवस्थामा देखिन्थे । साँझ पाँच बजेसम्म मानिसहरु आउनेक्रम जारी रहेको देख्न सकिन्थ्यो ।

  • प्रकाशित मिति : मंसिर १०, २०७८, शुक्रवार ११:३९ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८