• वैशाख ११, २०८१, मंगलवार Tuesday, 23 April, 2024

एमालेलाइ देखाउँदै चितवन काङ्ग्रेसले गर्‍यो महाधिवेशन स्थगित

  • खबरदाता

एमालेलाइ देखाउँदै चितवन काङ्ग्रेसले गर्‍यो महाधिवेशन स्थगित

मंसिर ९,२०७८

नेपाली काङ्ग्रेस चितवनले जिल्ला कार्यसिमितको महाधिवेशन स्थगित गरेको छ।

यही मंसिर १० गतेबाट शुरु भइ ११ गते मतदान गर्ने गरि तय भएको महाधिवेशन अकस्मात स्थगित गरिएको हो।

जिल्ला कार्यसिमितको निर्णयले एमालेको १० औ महाधिवेशनले गर्दा आफ्ना मतदाता, प्रतिनिधि तथा उमेदवार ब्यबस्थापनमा कठिनाइ हुने भन्दै जिल्ला निर्बाचन कार्यालयलाइ स्थगित गर्न सिफारिस गरेको थियो।

काङ्ग्रेस चितवनले महाधिवेशन स्थगित गर्न भनि गरेको सिफारिस केन्द्रिय निर्बाचान समितिलाइ पठाएको तर हाल सम्म कुनै निर्णय नआएको जिल्ला निर्बाचान अधिकृत कमल मोहन पोखरेलले जारि गरेक बिज्ञप्तिमा जनाइएको छ।

साथै अर्को सुचना नआएसम्मको लागि महाधिवेशन स्थगित गरिएको समेत बिज्ञप्तिमा भनिएको छ।

  • प्रकाशित मिति : मंसिर ९, २०७८, बिहीवार १५:०३ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८