हवाईमार्ग हुँदै एमाले अध्यक्ष ओली ११ बजे चितवन आइपुग्ने

  • खबरदाता
  • मङि्सर ०९, २०७८

 

मंसिर ९,२०७८

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज चितवन आउने भएका छन।

नेकपा एमालेको १० औं महाधिवेशन सुरु हुने अघिल्लो दिन अर्थात आज बिहिवार बिहान ११ अजे हवाइ मार्ग हुँदै उनी भरतपुर आइपुग्ने छन।

शुक्रबार नारायणी नदि किनारमा दिनको १२ बजे उद्घाटन सत्र सुरु हुने कार्यक्रम तयारि गरिएको छ।

ओलीले महाधिवेशनस्थल नारायणी नदि किनार लगायत बन्द सत्र हुने स्थानको अबलोकन गर्ने कार्यक्रम तय भएको छ।

ओलीले आजनै सौराहास्थित होटल जंगल क्राउनमा नेपाल बुद्धिजीवी परिषदले आयोजना गर्ने ‘समाजबादको आधार निर्माणका लागि तार्किक बहस’ कार्यक्रममा सहभागि हुने कार्यक्रम रहेको एमाले चितवनकि अध्यक्ष पार्वती रावलले जानकारि दिइन।

उक्त कार्यक्रममा विभिन्न क्षेत्रका बिज्ञहरुको उपस्थिति रहेने छ।

महाधिवेशन उद्घाटन , बन्द सत्र हुने लगायतका स्थानहरुको काम अन्तिम चरणमा पुगेको आयोजकले जनाएका छन।

योगेश भट्टराई , आनन्द पोखरेल लगायतका केहि नेताहरु बुधबारनै चितवन आइपुगेका छन । अन्य नेता तथा महाधिवेशन प्रतिनिधिहरू पनि आउने क्रम सुरु भइसकेको छ

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः [email protected]

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८