• वैशाख ६, २०८१, बिहीवार Thursday, 18 April, 2024

नवपुरको १ न. क्षेत्रमा ४८१ मतान्तरले सभापतिमा बने भट्टचन

  • खबरदाता

नवपुरको १ न. क्षेत्रमा ४८१ मतान्तरले सभापतिमा बने भट्टचन

 

मंसिर ८,२०७९

गैँडाकोट । नेपाली काँग्रेस नवलपुरको प्रतिनिधि सभा क्षेत्रनम्वर १ मा अमृत भट्टचन निर्वाचित भएका छन् ।

उनले खसेको ११५१ मतमा ६७० मत ल्याएका थिए ।
नेपाली काँग्रेस १४ औं महाधिवेशन अन्तर्गत सो क्षेत्रमा मंगलबार देखि सुरु भएको मतगणना आज सकिएसँगै नतिजा सार्वजनिक भएको हो । भट्टचनका प्रतिद्वन्द्वी कमलप्रसाद पराजुलीले ४४७ मत प्राप्प गरेका छन् ।

भट्टचनलाई महेन्द्रध्वज जिशीको समर्थन थियो भने पराजुलीलाई काँग्रेसका महामन्त्री डा। शंशाक कोइरालाको समर्थन रहेको थियो ।

सचिवमा भने दुबै प्यानलबाट एक एक जना विजयी भएका छन् । कोइराला पक्षको प्यानलबाट अमृत श्रेष्ठ ५८७ मत र जिशि पक्षको प्यानलबाट शालिकराम सापकोटा ५६४ मत सहित निर्वाचित भए । तर सोही पदका उम्मेदवार शिवलाल सापकोटा र दाताराम घिमिरेले ४८३ र ५०३ मत मात्रै प्राप्त गरे ।

सहसचिवमा टीकाराम सापकोटा ५८३ र तेजप्रसाद घिमिरे ५८० मत ल्याएर निर्वाचित भएका हुन। सापकोटा जिशि प्यानल र घिमिरेले कोइराला प्यानलबाट उम्मेदवारी दिएका थिए । तर सोही पदका उम्मेदवार प्रदिपकुमार मुग्मीले ४८० र तारानाथ अधिकारीले ४६५ मत मात्रै ल्याए ।

केन्द्रीय महाधिवेशन प्रतिनिधिका लागि महिला खुल्लातर्फबाट ओमकला गौतम ६९१, गैँडाकोट नगरपालिका उपप्रमुख समेत रहेकी विष्णुकुमारी कडेँल ५९२ र विष्णुदेवी पाण्डे ५१३ मत सहित विजयी भए ।

त्यस्तै खुल्लातर्फ गजेन्द्र आले ६८२, गण्डकी प्रदेशका मुख्यमन्त्री समेत रहेका कृष्णचन्द्र नेपाली पोखरेल ६७२, महेन्द्रध्यवज जिसी ६१२, गणेश सापकोटा ६३९, मदनभक्त अधिकारी ५९४,अशोक वस्ताकोटी ५८६, बालकृष्ण घिमिरे ५७३, गोकुल सापकोटा ५४७, भरतराज तिवारी ५४१ र ओमप्रसाद सापकोटा ५०२ मत सहित निर्वाचित भएका छन् ।

केन्द्रीय महाधिवेशन प्रतिनिधि महिला खस आर्यबाट सरस्वती तिमिल्सेना ५५४, शान्ति कोइराला ५४९, केन्द्रीय महाधिवेशन प्रतिनिधि खस आर्य अन्यबाट झपेन्द्रश्वर भुसाल ५४०, भविलाल भट्टराई ५०५, आदिवासी जनजाती महिलाबाट खगिसरा गुरुङ ५५० मत, हुमीसरा आले ५४१ मत, आदिवासी जनजाती अन्यतर्फबाट चेसराम आले ६४३, कर्णेल धनबहादुर राना ५५० मत,, दलित खुल्लातर्फ सन्तोष कोइराला नेपाली ४७१, अल्पसंख्यकतर्फबाट टेक नारायण महतो ५६२ मत सहित निर्वाचित भएका छन् ।

विनोद चौधरी भने यस अघिनै सर्वसम्मत चयन भएका थिए ।

  • प्रकाशित मिति : मंसिर ८, २०७८, बुधवार १४:४७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८