उम्मेदवारी घोषणा गर्दै डोटेलले भनेः कुनै टिममा नलागी चुनाव जितिदिन्छु

  • मङि्सर ०८, २०७८

केपी शर्मा – मंसिर ८, २०७८

चितवन । चितवन काँग्रेसका युवा नेता राजेन्द्र डोटेलले कुनैपनि समूहमा नलागि आफूले सहजै चुनाव जित्ने बताएका छन् । जिल्ला अधिवेशन आउन करिव तीन दिन बाँकी रहदा जिल्ला उप–सभापति पदमा उम्मेदवारी घोषणा गर्दै उनले सो कुरा बताएका हुन् ।

स्कुले जीवनदेखिनै नेपाली काँग्रेसको भातृसंगठन नेविसंघमा सक्रिय राजनीति सुरु गरेका डोटेलले आउँदो जिल्ला अधिवेशनमा कुनैपनि समूहविनानै आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् ।

आफूले चुनाव जित्दैगर्दा भातृ संगठनको क्षमता बरावरको गतिमा ती संगठनहरुलाई दौडाउन सक्ने सामथ्र्य आफूसँग रहेको उनले बताए । पार्टीका मूल पिलर भातृ संगठनहरु रहेको र यीनिहरुलाइनै राजनीतिको केन्द्रविन्दु बनाइनुपर्ने उनले बताए । उनले भने,“जराले गर्दा रुख बलियो हुने हो । काँग्रेसका जरा भनेका भातृसंगठन हुन् । त्यसैले यी जरालाई मजबुत गराउन पर्यो । चुनाव जितेपछि मेरो मुख्य काम यही हुनेछ । ”

काँग्रेस पार्टी भित्र पसीना रगत बगाएका कर्मयोगी योद्दाहरुलाई अहिले पाखा लगाइदै आएकाले काँग्रेस कमजोर भएको उनको भनाई थियो । उनले भने,“यस्ता योद्दालाई सहिसम्मानका साथ स्थान दिनुपर्छ । उनीहरुबाट पाठ सिक्दै काँग्रेसलाई थप बलियो बनाउँदै लैजानुपर्छ । ”

गुट उपगुटका नाममा काँग्रेस कमजोर भएको उनको भनाई थियो । तर गुट उपगुट चुनावको तालमेलमा मात्रै सीमित हुनुपर्नेमा जोड दिँदै चुनावपछि पनि यही गुटउपगुटमा लाग्न नहुने उनले बताए । काँग्रेस सधैँ अग्रस्थानमा आउनुपर्छ भन्दै तीनै क्षेत्र, ६ वटै प्रदेश र सवै वडामा काँग्रेसको मत अग्रस्थानमा आउनुपर्ने बताउँदै त्यसमा आफू लागिपर्ने उनले बताए ।

पूर्व पिप्लेदेखि बाँदरझुलासम्मका काँग्रेसहरु एक हुनुपर्ने बताउँदै बाँदरझुलाका काँग्रेसलाई समस्या पर्दा पिप्लेले सहयोग गर्नुपर्ने, पिप्लेलाई घाउ हुँदा बाँदरझुलाले उपचार गर्नुपर्छ भन्ने अभियानमा आफू लागेको र त्यसैका लागि उप–सभापतिमा उम्मेदवारी दिएको उनको भनाई थियो ।

उप–सभापतिमा आफ्नो जित सुनिश्चित रहेको बताउँदै डोटेलले भने,“कुनै गुट उपगुटमा नलागनेपनि मेरा आफ्ना २० प्रतिशत प्रतिनिधिहरु मैले नेविसंघको सदस्यता दिएका साथीहरु हुनुहुन्छ । त्यतिमात्रै नभई धेरैको चाहाना र माग समेत रहेकाले मलाइ जिताउनुहुनेछ । ”

आफूले कुनै समूहमा नरहेर उम्मेदवारी दिएपनि अन्तिम समयसम्म कुनै समूहमले आफूलाई स–सम्मान समूहमा आउन आग्रह गरेमा स्वीकार गर्ने बताए ।

२०५४ सालमा शिवनगर माविमा नेविसंघको अध्यक्ष हुँदै राजनीति यात्रा सुरु गरेका उनले २०५७ सालमा अमृत साइन्स क्याम्पसको नेविसंघ कार्यसमिति सदस्य हुँदै स्ववियू चुनावसम्म लडेका थिए । पुन चितवन फर्कीएपछि द्वन्द्वकालको समयमा रामपुर क्याम्पसको निर्विरोध स्ववियू सभापति समेत भएका डोटेल उत्तम जोशी नेविसंघको सभापति भएको समय उनी जिल्लाको उप–सभापति थिए । उनी नेपाली काँग्रेसको हरेक आन्दोलन तथा कार्यक्रममा सहभागी भई सक्रिय भूमिका निर्वाह गर्दै आएका उनले हरेक काँग्रेसीको दुखमा पुगिरहेको बताए ।

नेविसंघमा रहेर सक्रिय राजनीति गर्दादेखिनै पार्टीका हरेक कार्यक्रम र आन्दोलनमा उनी सक्रिय रहेको काँग्रेस वडानम्वर १५ का सभापति ज्योती कडेँलले बताए । भातृसंगठनबाट काँग्रेसमा आइपुग्दा उनले चितवन जिल्लाभरका काँग्रेसीहरुको मन जित्न सफल भएको उनको भनाई थियो ।

जिल्लाका अधिकाँश मतदाताहरु उनी नेविसंघको राजनीति गर्दाकै समकालिन प्रतिनिधिहरु रहेका र यसले पनि डोटेलको उपसभापतिमा जित हासिल गर्ने प्रवल सम्भावना रहेकोले वडाको पूर्ण समर्थन रहेको कडेँलले बताए ।

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः [email protected]

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८