• चैत १६, २०८०, शुक्रवार Friday, 29 March, 2024

भरतपुरको विमानस्थलबाट योगेशले गरे सचिवमा उठ्ने घोषणा


भरतपुरको विमानस्थलबाट योगेशले गरे सचिवमा उठ्ने घोषणा

भिम रावलको उम्मेदवारी पछि बोल्ने हिम्मत गरेका भट्टराइले चितवनमा आएर सचिवमा उम्मेदवारी दिने बताउँदै गर्दा सचिवमा बाजि मार्लान त ?

केपी शर्मा –  मंसिर ९, २०७८

चितवन । नेकपा एमालेका प्रचार विभाग प्रमुख योगेश भट्टराइले सचिवमा उम्मेदवारी दिने बताएका छन् । बुधवार चितवनको भरतपुर विमानस्थलमा पत्रकारमाझ कुराकानी गर्दै उनले आफ्नो उम्मेदवारी पार्टी सचिवमा हुने बताए ।

पार्टीमा लामो समय अझै योगदान दिनुपर्ने अवस्था रहदैगर्दा सचिवमानै आफ्नो उम्मेदवारी उपयुक्त देखेको उनको भनाई थियो । उनले भने,‘एमालेमा मेरो १५ वर्ष अझै बाँकी छ । त्यसैले म चौतारीमै बस्छु । यात्रामा दोहोरिदा कहिलेकाहिँ चौतारिमा त बस्नुपर्छ नै । यस पटक सचिवमा बस्नुपर्छ भन्ने मेरो मान्यता छ । ”

पार्टीमा आफूले भन्दा अझ बढी योगदान दिएका नेताहरु रहेको भन्दै सचिव पद भन्दा माथि आफूले उम्मेदवारी नदिने उनको भनाई थियो । उनले भने,“अहिलेनै धेरै माथि माथि चढ्न खोज्यो भने लुडो खेलजस्तो एकैचोटि तल झर्न पनि सकिन्छ । ”

साथै भोलि केपी शर्मा ओली चितवन आउने र यस विषयमा उहाँसग थप छलफल गरी टुगो लगाउने उनले बताए । साथै प्रतिनिधिहरुको चाहाना पनि सचिवमा उठीदिइए हुन्थ्यो भन्ने आफूले बुझेको भट्टराइको भनाई थियो । यो पटक सर्वसम्मत कार्यसमिति चयन हुने भनिएपनि अध्यक्ष पदमै भिम रावलले उम्मेदवारी घोषणा गरेपछि एमालेका प्राय सवै पदमा आकाक्षिहरु बढेका छन् । जसले गर्दा चुनाव हुने सम्भावना तीव्र बनेको छ।

मंगलवार मात्रै एमाले अध्यक्ष केपी शर्मा ओलीले धेरै मत ल्याएर जसले जित्छ उसैको पद हुन्छ भनेका थिए । पछिल्लो समय नेकपा एमालेभित्रै गुट उपगुट छ नि भन्ने प्रश्नमा भट्टराईले एमालेमा समूह रहेको तर त्यो कुनै व्यक्तिको नभई एमालेको नै रहेको प्रष्टाए ।

साथै भट्टराइले महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको पनि जानकारी दिए । वागमती प्रदेश इन्चार्ज आनन्द पोखरेल सहित आफूले हालसम्म भएका तयारीवारे बुझ्ने र पाँच लाख जनता नारायणी नदी किनारमा मात्रै नअट्ने भएकाले गैँडाकोटतर्फको किनारलाई समेत प्रयोगमा ल्याइने बताए । त्यहाँ ठूला ठूला भिडियो स्क्रिन राख्ने उनको भनाई थियो ।

चाँडै तयारी पूरा गर्न स्वयम्सेवक पनि परिचालन भइरहेको र २४सै घण्टा अहिले काम भइरहेको उनले बताए।

वन्दसत्रमा आउने प्रतिनिधिका लागि वस्ने आवासको व्यवस्था भइसकेको बताउँदै उनले अव जनपरिचालनमा केन्द्रीत हुने बताए । चितवनका प्रत्येक जनताको घरघर पार्टीको १०औँ महाधिवेशनको निमन्त्रण पुगिसकेको बताउँदै ५० हजारभन्दा बढी चितवनबाट मात्रै जनता सहभागी हुने र लुम्विनी, वागमती, गण्डकी लगायतका प्रदेशबाट पाँच लाख नेता कार्यकर्ता उतारिने उनको दावी थियो ।

  • प्रकाशित मिति : मंसिर ८, २०७८, बुधवार ०८:२४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८