• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

कांग्रेस महाधिवेशन : मत गणना स्थलमै गोली चल्यो, ७ घाइते

  • खबरदाता

कांग्रेस महाधिवेशन : मत गणना स्थलमै गोली चल्यो, ७ घाइते

मंसिर ७, २०७८

चितवन । काङ्ग्रेसको महाधिवेशन अन्तर्गत भएको चुनाबको मत गणना स्थलमा गोलि चलेको छ।

प्युठानको स्वर्गद्वारी क्याम्पसमा जिल्‍ला सभापति पदका लागि भएको मतदानको मतगणना चलिरहेका बेला युवाहरुमाझ झडप हुँदा प्रहरीले गोलि चलाएको हो।प्रहरीले चलाएको रबरको गोलि लागि ७ जना घाइते भएका छन।

सभापतिका उम्मेद्वार पौडेल – सिटौला पक्षका विष्णुकुमार गिरीले ५२९ मत ल्याएका थिए भने देउवा पक्षका शिव रिजालले ४६९ मत ल्याएका थिए । १०६५ मत खसेकोमा ६ मत बदर भएको थियो भने ६५ मत गणना गर्न बाँकी रहेका बेला देउवा पक्षका कांग्रेस कार्यकर्ताले तोडफोड गरेपछि प्रहरीले अवस्थालाई नियन्त्रणमा लिन गोली चलाएको हो ।

गिरीले अब ४ मत पाएको खण्डमा जित हुने निश्चित भएपछि देउवा पक्षका युवाहरुले हुलहुज्जत गरेको स्थानीयले बताएका छन् ।

यसैबीच, प्युठानका प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले दुई राउण्ड अश्रुग्यास मात्रै प्रहार भएको बताए । मतगणना रोकिएपनि अहिले अवस्था नियन्त्रणमै रहेको उनले बताए ।

कांग्रेसको १४औं महाधिवेशन अन्तरगत एक मात्र निर्वाचन क्षेत्र भएको जिल्लामा आज जिल्ला अधिवेशन हुने कार्यतालिका थियो ।

  • प्रकाशित मिति : मंसिर ७, २०७८, मंगलवार १६:१२ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८