मंसिर ७,२०७८
काङ्ग्रेसको १४ औ महाधिवेशन अन्तर्गत चितवनको क्षेत्रनम्वर २ को सोमबार भएको निर्बाचनमा सभापति पदमा भरत प्रसाद लामिछाने बिजयि भएका छन।
लामिछाने ५०३ मत ल्याएर बिजय भएका हुन। उनका निकर्तम प्रतिद्वन्दी ईन्द्र लक्षमण गुरुङले ४४५ मत मात्र प्राप्त गरे।
यस्तै सचिवमा ४५५ मत ल्याएर निर्मल कुमार राना र ४०६ मतका साथ प्रल्हाद उप्रेती बिजयी बनेका छन।सचिबकै अर्का दाबेदारहरु काशिराम गिरि बिकाश पौडेल र ध्रुबराज सुबेदिले क्रमश ३६३,३४९ र १७७ मत प्राप्त गरे।
सह सचिब पदमा कृष्ण कुमारि पन्तले ३७८ र सृजना बसौला सृजना बसौला देबकोटाले ३१२ मत ल्याइ बिजयी बनेका छन।
अन्य बिजयी हुनेहरुमा प्रत्यक्ष महिला सदस्य तर्फ पार्बति खड्का ५०८ मत , प्रत्यक्ष खुल्ला सदस्यमा गोपाल देबकोटा ४४१,दिपक शाहि ठकुरी २९९ र लेखनाथ अधिकारि २९५ मतका साथ निर्बाचित भएका हुन।
खस आर्य महिलाबाट तारा अधिकारि ३६२ मत ,खस आर्य खुल्लबाट माधब अर्याल ५२१,आदिबासि जनजाति खुल्लाबाट केशब प्रकाश जोशि ५८६,भक्ति कुमार श्रेष्ठ ४३७ , दलितबाट शारदा नेपालि परियार ५०२ र थारु मधेसी अल्पसंख्यक बाट सन्त कुमार चौधरी ३१६ मतका साथ बिजयी भएको निर्बाचान अधिकृत श्रीराम सापकोटाले जानकारि दिए।
यो क्षेत्रमा १००४ मत मध्ये ९९४ जनाले मतदानमा भाग लिएका थिए।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८