• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

महाधिवेशनको प्रचारप्रसारका लागि एमालेको मोटरसाइकल र्याली

  • खबरदाता

महाधिवेशनको प्रचारप्रसारका लागि एमालेको मोटरसाइकल र्याली

मंसिर ७, २०७८

चितवन ।

नेकपा एमालेका युवाहरुले मोटरसाइकलको र्‍याली गर्दै पार्टीको १०औँ महाधिवेशनको प्रचारप्रसार गरेका छन् ।

उनीहरुले बृहत मोटरसाइकल र्‍यालीगरेर भरतपुर परिक्रमा गरेका थिए । युवा सङ्घ नेपाल चितवन र गैँडाकोटको आयोजनामा गरिएको र्‍यालीमा दुई हजार बढी मोटरसाइककल सहित युवाहरु सहभागी भएको आयोजकले जनाएका छन् ।

एमाले महाधिवेशन प्रचार प्रसारको गीत बजाउँदै नारायणी नदी किनारबाट सुरु भएको र्‍याली गैँडाकोट देखि नारायणगढको मेनरोड, पोखरा बसपार्क, आँपटारी, बाइपास सडक हुँदै केन्द्रीय बस टर्मिनल, चौबीसकोठी, लायन्सचोक, शहीदचोक, पुलचोक हुँदै महाधिवेशन उद्घाटन स्थल नारायणी नदी किनारमा पुगेको थिए ।

जिल्लाको विभिन्न पालिकाबाट आएका उनीहरु महाधिवेशन उद्घाटनस्थल नारायणी नदी किनारमा जम्मा भएर र्‍यालीको समापन गरेका थिए ।

युवा सङ्घ नेपाल चितवनका संयोजक सुशील केसीले महाधिवेशनको उद्घाटनमा व्यापक जनसहभागिता जुटाउने उद्देश्यले मोटरसाइकल र्‍यालीको आयोजना गरिएको बताए ।

नेकपा एमालेको केन्द्रीय निर्देशन अनुसार आज नवलपुर, मकवानपुर सहित देशका मुख्य सहरहरुमा युवा संघले मोटरसाइकल र्‍याली निकालेर महाधिवेशनको प्रचार प्रसार गरेको एमालेले जानकारी दिएको छ ।

  • प्रकाशित मिति : मंसिर ७, २०७८, मंगलवार ११:१५ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८