मंसिर ७, २०७८
चितवन । १०औँ महाधिवेशनका लागि बन्दसत्र गर्ने भनिएको सौराहामा अहिले हल निर्माण धमाधम भइरहेको छ । करिव दुई हजार जना क्षमताको उक्त डोम निर्माणकार्यको अन्तिमचरणमा पुगेको आयोजकले जनाएको छ ।
महाधिवेशनको बदसत्र हुने स्थान सौराहाको होटल सेभेन स्टारसँगै जोडिएको दुई बिघा खाली जमिनमा निर्माणको काम सुरु गरिएको छ। १३ हजार वर्ग फिटको डोम र एक हजार २०० वर्ग फिटको मञ्च निर्माणको काम भइरहेको केन्द्रीय सदस्य विनोद श्रेष्ठले जानकारी दिए।
मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा हुने महाधिवेशनको उद्घाटन सत्र नारायणी नदी किनारमा र बन्दसत्र सौराहामा हुँदैछ । त्यसरी निर्माण गरिएको डोममा ६ वटा प्रवेशद्धारा राखिएको श्रेष्ठको भनाई छ। आवश्यकता अनुसार उक्त डोम हलभित्र एसी पनि राख्न सकिने उनले बताए ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८