मंसिर ७, २०७८
चितवन । नेकपा एमालेको १०औँ महाधिवेशन आयोजना हुने चितवनमा १५ सय सुरक्षाकर्मी परिचालन गरिने भएको छ । आगामी मंसिर १० देखि १२गतेसम्म चितवनमा एमालेको महाधिवेशन हुँदैछ ।
डिआइजीको नेतृत्वमा जिल्लाको सुरक्षा व्यवस्थालाई व्यस्थित गर्न लागिएको हो । उद्घाटनसत्रमा सुरक्षा व्यवस्था मजवुद गराउन प्रहरी सहित, शसस्त्र, राष्ट्रिय अनुसन्धानका कर्मचारी समेत खटिनेछन्।सुरक्षाका लागि चितवनतर्फ नेपाल प्रहरीका ८००, सशस्त्र प्रहरीका ४५०, राष्ट्रिय अनुसन्धानका ९० जना खटिने छन् । यस्तै नवलपुरको गैँडाकोट क्षेत्रमा पनि नेपाल प्रहरीका १०० बढी सुरक्षाकर्मी परिचालन गरिने भएको हो ।
गैँडाकोटबाट पनि उद्घाटसत्रको दृश्यावलोकन गर्न मिल्ने व्यवस्था गरिएपछि सो क्षेत्रमा पनि सुरक्षा व्यवस्था कडा पार्न लागिएको हो ।जिल्लाका विभिन्न १३ स्थानमा सवारीसाधन पार्किङस्थल निर्माण गरिएको छ । उद्घाटन हुने दिन पूर्ववाट आउने सवारी साधनलाई भरतपुरको केन्द्रीय बस टर्मिनलबाट बाइपास रोडतिर डाइभर्ट गरिनेछ ।
महाधिवेशनस्थल सहित जिल्लामा आउने भिआईपी, भिभिआईपी र विदेशी डेलिगेट्सको सुरक्षामा केन्द्रित हुनेगरी सुरक्षा योजना बनेको छ । महाविधेशन उद्घाटन पश्चात् सोही दिन रातिदेखि नै सुरक्षा व्यवस्थालाई सौराहा केन्द्रित पारिने बताइएको छ।
जिल्लामा भएका भन्दा थप ६५० जना नेपाल प्रहरीका सुरक्षाकर्मी चितवनमा परिचालन गर्नेगरी प्रदेशसँग माग गरिएको चितवन प्रहरीको भनाई छ ।
नवलपुरभन्दा पश्चिमबाट महाविधेशनमा सहभागी हुन आउने सवारीसाधनलाई गैँडाकोटमा रोकिने र गैडाकोटर्फकोे नदी किनार सहितका स्थानलाई पार्किङस्थलको रुपमा प्रयोग गर्ने गरी काम भइरहेको छ।
नारायणगढ–बुटवल सडक विस्तारको क्रममा रहेकाले बाटोमा जाम हुनसक्ने भन्दै त्यसका लागि समेत व्यापकरुपमा ट्राफिक प्रहरी परिचालन गरिने नवलपुर प्रहरीले जनाएको छ । मङ्सिर ९ गते रातिबाट नै पूर्वपश्चिम राजमार्गको बुटवल नारायणगढ सडक खण्डमा मालबाहक सवारीसाधन सञ्चालनमा रोक लगाउने बताइएको छ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८