मंसिर ७,२०७८
नेकपा एमालेका युवा नेता महेश बस्नेतले सचिब पदमा उम्मेद्बारी घोषणा गरेका छन।
मंगल पत्रकार सम्मेलनको आयोजना गर्दै उनले दसौँ महाधिवेशनमा सचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । उनले देशभरिका कार्यकर्ताले माया गर्ने भएकाले लोकप्रिय मत ल्याएर सचिव पद जित्ने दाबी गर्दै भिम रावलले अध्यक्ष पदमा उम्मेद्बारी दिएर अराजकता फैलाएको बताए ।
एमाले पार्टी ६३ सिटमा सिमित रहेको अबस्थामा आफुले केपी ओलि अध्यक्ष बन्नु पर्छ भनेर लबिङ समेत गरेको उनले बताए। अध्यक्ष पदमा केपी शर्मा ओलीलाइ सर्बसम्मय चयन गर्नु पर्ने उनले बताए ।
भक्तपुरलाइ आफुले मोडेलको रुपमा बिकास गरेको दाबि उनको थियो।आफुले १३ महिना मन्त्रालय समाल्दा धेरै काम गरेको र अबको महाधिवेशनमा आफुले सजिलै सचिब जित्ने उनको भनाइ थियो।
बस्नेतले अबको अध्यक्ष र प्रधानमन्त्री केपी ओली नहुने हो भने कम्युनिस्ट आन्दोलन कमजोर हुने भन्दै ओलीलाई साथ दिन आफ्नो उम्मेदवारी अनिवार्य रहेको बताए ।
उनले कम्युनिस्ट आन्दोलन तोडफोड भइरहेका बेलामा पनि ओलीले नै एकताबद्ध बनाउने काम गरेको दाबी गरे । पाको उमेर समूह, नयाँ र अहिले भूमिका खेलिरहेको पुस्तालाई महाधिवेशनले समेट्नुपर्ने भन्दै आगामी निर्वाचनमा दुई तिहाइ ल्याउन पनि केपी ओलीलाई अध्यक्ष बनाउनुको विकल्प नरहेको बताए।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८