मंसिर ७,२०७८
नेपाली काङ्ग्रेसको १४ औ महाधिवेशन अन्तर्गत क्षेत्र नम्बर ३ को केन्द्रिय महाधिवेशन प्रतिनिधिको अन्तिम नतिजा प्रकासित भएको छ ।
सोमबार भएको निर्बाचानको परिणाम अनुसार प्रत्यक्ष खुल्ला तर्फ डा. सुर्यकान्त ५३५ मत, शंकरप्रसाद कंडेल ५३१ मत, टेकप्रसाद गुरुङ ५२७ मत, दिनेश कोइराला ५०० मत ल्याइ बिजयी भए।
यस्तै कैलास कोइराला ४२५ , रामकृष्ण घिमिरे ४२४ ,बिजय शर्मा भुसाल ३५१ ,भरत गुरुङ ३३६ ,उमेश श्रेष्ठ ३२० र चन्द्रध्वज गुरुङ ३०३ मतका साथ निर्बाचित भएको मतदान अधिकृत लक्ष्मी प्रसाद पाठकले जानकारि दिए।
प्रत्यक्ष महिला तर्फबाट अन्जनि श्रेष्ठ ३३५ मतका साथ बिजयि बनेकि छन। यस्तै गिता गुरुङ ४०० मत ,शारदा गुरुङ ३६३ मत र सबिता बराल ३१२ मतका साथ बिजयि बनेका हुन।
यस क्षेत्रमा ९८९ मतदाता मध्ये ९८२ जनाले मतदान गरेका थिए।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८