• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

आफु सर्बसम्मत नहुने भएपछि निर्बाचानको पक्षमा ओली !

  • खबरदाता

आफु सर्बसम्मत नहुने भएपछि निर्बाचानको पक्षमा ओली !

मंसिर ७,२०७८

लामो समय देखि सर्बसम्मतको हाउगुजि चल्दै आएको एमालेमा नेता भिम रावलको एक्सनले सातो खाइदिएको छ।

एकाएक भिम रावलले १० औं महाधिवेशनको लागि अध्यक्ष पदमा दाबि गर्दै घोषणा गरेपछि एमाले भित्र एक किसिमको तरङ पैदा भएको छ। रावलको कदमले ओलीमा सन्नाटा छाएको छ।यस पटक निर्बिरोध अध्यक्ष बन्ने ओलिको अन्तिम इच्छामा ठेस लागेको छ।

सोमबार दिउँसो तीन बजेका लगि एमालेले स्थायी कमिटी बैठक तय गरेको थियो तर अन्तिम समयमा सो बैठक स्थगित भयो । अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या देखिएको भन्दै स्थगित बैठक मंगलबार बिहान ११ बजे बोलाइएको छ । तर ओलीले अबको रणनिति परिबर्तन गर्नु पर्ने भएकोले बैठक स्थगित गरिएको सोझैननुमान हुन्छ ।

हिजोको सो बैठकमा केन्द्रीय कमिटीबाट मनोनित हुने महाधिवेशन प्रतिनिधि चयन लगायतबारे छलफल गर्ने कार्यसूचि थियो ।

स्थायी कमिटी बैठक स्थगित हुँदा एमालेमा सोमबार अध्यक्ष ओली सम्मिलित भएर शुक्रबार चितवनमा शुरू हुने १०औं महाधिवेशनसम्बन्धी गरिने भनिएका निर्णयहरु पर धकेलिएका छन। तर आइतबार उपाध्यक्ष भीम रावलले अध्यक्ष पदको उम्मेद्वारी घोषणा गरेकाले ओलीको गतिविधि आमचासो थियो । यसअघि जस्तै ओली मौन रहे भने एमाले पंक्तिको सन्नाटा कायमै रह्यो । ‘भीम रावलको उम्मेद्वारी घोषणाले परिस्थिति नै अलग हुन पुगेको छ’ ।

रावलको उम्मेद्वारी घोषणाले निर्विरोध अध्यक्ष बन्ने ओलीको चाहनामा तुसारापात हुन पुगेको छ । अध्यक्ष पदमै निर्विरोध नहुने भएपछि ओलीको मनस्थिति बदलिएको छ । ‘अब सायद सबै पदमा निर्वाचन हुने परिस्थिति सिर्जना हुन सक्ने देखिन्छ । अध्यक्षमै निर्विरोध नहुने भएपछि बाँकी पदहरुमा सहमतिको प्रयास गर्नु बेकार हुने छ। अहिले ओलीलाई साथ दिएका नेताहरू मात्रै नभएर माओवादीबाट आएका र १० बुँदे पक्षधर कतिपय नेताहरू समेत ओलीको दिन सक्ने संकेतलाइ पर्खेर बसिरहेका छन् ।

ओलीले स्वयंमले पनि महाधिवेशन प्रतिनिधि छनोटका लागि चुनाव हुनु अघिल्ल्लो दिन २६ कात्तिकमा भिडियो सन्देश जारी गरी उच्च स्तरको सहमतिबाट प्रतिनिधि चयन र नेतृत्व निर्माणमा जोड दिन निर्देशन दिएका थिए । त्यही कारण पदाधिकारीका आकांक्षी नेताहरूले आफ्नो आकांक्षा सार्वजनिक गर्न सकेका छैनन् । ओलीको समर्थन नपाए सहमति वा मतदान दुवै अवस्थामा उम्मेद्वारी घोषणाको अर्थ नहुने बुझाइका कारण नेताहरुले आफ्नो आकांक्षा सार्वजनिक नगरेका हुन् ।

तर रावलको उम्मेद्वारी घोषणासँगै अध्यक्ष ओली स्वयंम सबै पदको छिनोफानो मतदानबाट गर्ने मनस्थितिमा पुगेको बुझिन्छ ।आकांक्षी नेताहरुको व्यवस्थापन त्यति सजिलो छैन । यसको विकल्प निर्वाचन नै हो। एमालेले अध्यक्षसहित १५ सदस्यीय पदाधिकारीको व्यवस्था गरेको छ । तर कुनैपनि पदमा तीन भन्दा बढीले आकांक्षा राखेका छन् ।

मुख्यगरी बरिष्ठ उपाध्यक्ष र महासचिव पदमा धेरै आकांक्षी देखिएका छन् । महासचिव ईश्वर पोखरेल, संसदीय दलका उपनेता सुवास नेम्वाङ र माओवादीबाट आएका रामबहादुर थापा बादल बरिष्ठ उपाध्यक्ष बन्ने चाहनामा छन् । प्रत्यक्ष÷परोक्ष रुपमा ओलीलाई उनीहरुले आफ्नो चाहना राखेका छन् ।

अध्यक्षपछि दोस्रो कार्यकारी पद महासचिवमा पनि आकांक्षी संख्या धेरै छन् । उपमहासचिव विष्णुप्रसाद पौडेल, सचिव पृथ्वीसुब्बा गुरुङ, स्थायी कमिटी सदस्यहरु सुरेन्द्र पाण्डे र शंकर पोखरेलले महासचिव बन्ने चाहना राखेका छन् । माओवादीबाट आएका र १० बुँदे पक्षधर नेताहरूलाई सम्मानजनक हैसियत (पद) दिँदै सहमति जुटाउन सजिलो छैन ।

  • प्रकाशित मिति : मंसिर ७, २०७८, मंगलवार ००:३४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८