• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

सर्वोच्च अदालतको पेशी तोक्ने प्रधानन्यायाधीशको अधिकार कटौती

  • खबरदाता

सर्वोच्च अदालतको पेशी तोक्ने प्रधानन्यायाधीशको अधिकार कटौती

मंसिर ६, २०७८

सर्वोच्च अदालतमा गोलाप्रथाबाट पेसी तोक्ने बाटो खुला भएको छ । त्यससम्बन्धी सूचना राजपत्रमा प्रकाशित भएसँगै गोलाप्रथाबाट पेसी तोक्ने बाटो खुलेको हो ।

प्रधानन्यायाधीशमा निहित पेशी तोक्ने अधिकार अब पेशी व्यवस्थापन निर्देशन समितिले उपभोग गर्नेछ ।मंसिर २ गतेको सर्वोच्च अदालतको फूल कोर्ट बैठकले पेसी तोक्ने प्रधानन्यायाधीशको तजबिजी अधिकार कटौती गर्दै गोलाप्रथाबाट पेसी तोक्ने गरी सर्वोच्च अदालतको नियमावली संशोधन गरेको थियो ।

उक्त निर्णयले गोलाप्रथाका आधारमा पेशी तोक्ने बाटो पनि खुला गरेको छ ।सर्वोच्च अदालतको पेशी व्यवस्थापनमात्र ह‍ोइन त्यहाँ आएका समस्या पनि आजसम्म प्रधानन्यायाधीशले गर्दै आएका थिए। अब भने पेशीमा आएका समस्याहरूको समाधान गर्ने एउटा निर्देशन समिति बन्ने नियमावलीमा उल्लेख छ। प्रधानन्यायाधीशको अध्यक्षतामा बनेको उक्त समितिले पनि समाधान गर्ने नसके उसले फूर्लकोर्टमा पेश गर्ने छ।

राजपत्रमा सोमबार प्रकाशित भएको नियमावलीमा लेखिएको छ, ‘अदालतमा दर्ता भएको मुद्दाको सुनुवाइको लागि इजलासको गठन र पेशी सूची निर्धारण गोला प्रक्रियाद्वारा हुनेछ ।’

  • प्रकाशित मिति : मंसिर ६, २०७८, सोमवार १५:१९ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८