स्थानीय तहको चुनाव भन्दावढी महङ्गो माहोला रहेको नेपाली काँग्रेसको प्रतिनिधिसभा क्षेत्र अधिवेशनबाट कसले सभापतिमा बाजी मार्ला भनी पर्खिरहेको देखिन्छ ।
केपी शर्मा – मंसिर ६, २०७८
चितवन । नेपाली काँग्रेसको चौधौँ महाधिवेशन अन्तर्गत चितवनमा भएको प्रतिनिधि क्षेत्र अधिवेशनमा मतदानको काम सकिएको छ ।
जिल्लामा भएका तीन वटा क्षेत्रमा आज नै मतदानको काम सकिएको हो । जिल्ला मतदान अधिकृत कमलमोहन पोख्रेलका अनुसार विहान ९ बजेदेखि ४ बजेसम्म मतदान भएको थियो । काँग्रेसको विद्यान अनुसार प्रतिनिधि सभा क्षेत्रमा सभापति १ जना, क्षेत्रीय सचिव २ जना, क्षेत्रीय सहसचिव २ जना सहित २२ जनाको कार्यसमिति हुने गर्दछ । त्यस्तै यही चुनावबाट प्रति क्षेत्रबाट २५ जना महाधिवेशन प्रतिनिधि पनि निर्वाचित हुनेछन् ।
क्षेत्रनम्वर १ को सभापति पदका लागि दुई जना उम्मेदवार मैदानमा रहेका छन् । जसमा इन्द्रकमल बुढाथोकी र किरणभुषण ओली रहेका छन् । त्यस्तै क्षेत्रीय सचिवमा पाँच जनाको उम्मेदवारी छ । जसमा इश्वर खनाल, उमेश गिरी, दिपकराज पौडेल,महेश्वर थपलिया र शिवनारायण चौधरी रहेका छन् । यस्तै क्षेत्रीय सह–सचिवमा पाँच जनाको उम्मेदवारी परेको छ । जसमध्ये गणेश थपलिया, दिप नारायण चौधरी, नवराज भुषाल, माधव प्रसाद पौडेल र विष्णुहरी थापा रहेका छन् ।
यो क्षेत्रमा ९५१ जना मतदाता रहेकोमा ९४२ जनाले मात्रै मतदान गरेका छन् । यो क्षेत्रमा अवको केहीवेरमा मतगणना सुरु हुने निर्वाचन अधिकृत हरिहर पोख्रेलले जानकारी दिए ।
त्यस्तै क्षेत्रनम्वर २ को सभापति पदका लागि दुई जना उम्मेदवार मैदानमा रहेका छन् । जसमा भरत लामिछाने र लक्ष्मण गुरुङ रहेका छन् । त्यस्तै क्षेत्रीय सचिवमा पाँच जनाको उम्मेदवारी छ । जसमा प्रल्लाहाद उप्रेती, काशीराम गिरी, विकास पौडेल, निर्मल राना र ध्रुव सुवेदी रहेका छन् । यस्तै क्षेत्रीय सह–सचिवमा भने सात जनाको उम्मेदवारी परेको छ । जसमध्ये सृजना देवकोटा बसौला, भवानीदेवी अधिकारी, रामजी पौडेल, विष्णुहरी खनीया, कुष्मा पन्त, महेन्द्र थापा मगर र इन्द्रवहादुर घलान रहेका छन् ।
यो क्षेत्रमा १००४ जना मतदाता रहेकोमा ९९४ जनाले मात्रै मतदान गरेका छन् । यो क्षेत्रमा अवको केहीवेरमा मतगणना सुरु हुने निर्वाचन अधिकृत श्रीराम सापकोटाले जानकारी दिए ।
क्षेत्रनम्वर ३ को सभापति पदका लागि पाँच जना उम्मेदवार मैदानमा रहेका छन् । जसमा अमृत बहादुर बानिया, जगन्नाथ कडेँल, दामोदर न्यौपाने, देवेन्द्रप्रकाश क्षेत्री र लाल बहादुर दवाडी रहेका छन् । त्यस्तै क्षेत्रीय सचिवमा सात जनाको उम्मेदवारी छ । जसमा तुलाराम गुरुङ, दिपक कुँवर, नविन न्यौपाने,वृजा महतो,लिलकुमार महतो, सरस्वती पाण्डे र क्षेत्रप्रसाद सापकोटा रहेका छन् । यस्तै क्षेत्रीय सह–सचिवमा चार जनाको उम्मेदवारी परेको छ ।
जसमा इन्द्रीरा भुषाल कडेँल,गणेश प्रसाद कडेँल, लक्ष्मीप्रसाद सापकोटा र सृजना अधिकारी लामिछाने रहेका छन् ।
यो क्षेत्रमा ९८९ जना मतदाता रहेकोमा ९८२ जनाले मात्रै मतदान गरेका छन् । यो क्षेत्रमा अवको केहीवेरमा मतगणना सुरु हुने निर्वाचन अधिकृत लक्ष्मी प्रसाद पाठकले जानकारी दिए ।
चितवनका तीन वटा क्षेत्रमा २ हजार ९३७ मतदाता रहेकामध्ये २ हजार ९२५ जनाले मतदानमा भाग लिएका छन् । मतगणना राति सवा ८ बजेबाट सुरु गरिने निर्वाचन अधिकृतहरुले जनाएका छन् ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८