• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

एमालेको महाधिवेशनमा अनेमसंघले व्यापक सहभागी जुटाउने


एमालेको महाधिवेशनमा अनेमसंघले व्यापक सहभागी जुटाउने

चितवन, ५ मंसिर । मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुन गइरहेको एमलेको १०औँ महाधिवेशनमा उसको भातृ संगठन अखिल नेपाल महिला संघले (अमेमसंघ)बृहतरुपमा आफ्नो सहभागीता जनाउने भएको छ ।

आइतवार (अनेमसंघ) जिल्ला समिति चितवनको बैठक बसेर आसन्न महाधिवेशनमा महिलालाई कसरी उपस्थिती गराउन सकिन्छ भन्नेबारेमा छलफल भएको थियो ।

कार्यक्रमा अनेमसंघ केन्द्रीय प्रचार विभाग प्रमुख शर्मिला कार्कीले महाधिवेशनमा महिलाहरुको सहभागिता उल्लेख्य हुने बताउँदै प्रतिनिधिका रुपमा चितवन आउने महिलाहरुको खानपान, सुरक्षा र स्वाथ्यको विषयमा विशेष चासो दिने बताइन् ।

कार्यक्रममा अनेमसंघ सचिवालय सदस्य एवं पूर्वमन्त्री सरस्वती बस्नेतले चितवनमा गर्ने महाधिवेशन अवसर सँगै चुनौती भएको बताउँदै महाधिवेशनमा आउने सहभागीलाई अनेमसंघको तर्फबाट स्वागतद्वार मार्फत स्वागत गर्ने तयारी भइरहेको जानकारी दिइन् ।

अनेमसंघको केन्द्रीय कमिटी, प्रदेश कमिटी र स्थानीय तहको गरी तीन स्थानमा स्वागतद्वार राख्ने निर्णय भएर काम अगाडि बढाइएको अनेमसंघकी केन्द्रीय सदस्य शान्ति अधिकारीले बताइन् ।

  • प्रकाशित मिति : मंसिर ५, २०७८, आइतवार १३:३२ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८