• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

चितवन आएका मन्त्री आलेले भनेः ‘भरतपुर एयरपोर्ट बिस्तार गर्न हामी आएका हौँ’


चितवन आएका मन्त्री आलेले भनेः ‘भरतपुर एयरपोर्ट बिस्तार गर्न हामी आएका हौँ’

करिव पाँच वर्षदेखि भरतपुर विमानस्थल विस्तार गर्ने योजनामा लागेको महानगर अहिलेसम्म सफल हुन सकेको छैन । पाँच दलिय गठवन्धनबाट केही महिना अघिमात्रै पर्यटनमन्त्री बनेका आलेले विस्तारको काम गर्लान् भन्ने वारेमा विश्वस्त हुने ठाउँ छैन ।

केपी शर्मा – मंसिर ५, २०७८

चितवन । संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री प्रेम बहादुर आलेले भरतपुर विमानस्थल विस्तार गरिने बताएका छन् ।

भरतपुर महानगगरपालिकाले सोमवार आयोजना गर्न लागेको महानगर विकासमा बहस कार्यक्रमलाई सम्बोधन गर्न आएका मन्त्रीले आलेले सो कुरा बताएका हुन् ।

आफू पर्यटन मन्त्री भएपछि भरतपुर महानगरकी प्रमुख रेनु दाहालले भरतपुर विमानस्थलको बारेमा आफूसँग धेरै पटक कुरा गरेको बताउँदै यसको विस्तारमा आफू पूर्ण सकारात्मक रहेको उनको भनाई थियो । उनले भने,“हामी धेरैजना आज चितवन आएका छौँ ।

प्रचण्डको प्रमुख आतिथ्यतामा भोलि कार्यक्रम हुँदैछ । हामीसँग अर्थमन्त्रीपनि सँगै हुनुुहन्छ । भरतपुर विमानस्थल विस्तार गर्नै भनेर त हामी आएका हौँ । ”

यस अघि आफू वन मन्त्रालयमा रहेकाले यसवारे कुनै काम गर्न नपाएको बताउँदै किन विस्तारमा ढिलाई भयो भन्ने प्रश्न पहिलेका पर्यटनमन्त्रीलाई सोध्न उनले आग्रह गरे । आफू अहिले पर्यटनमन्त्री हुँदा यसको विस्तार गर्ने योजना बनाएको र सोमवारको छलफलले थप दिशानिर्देश गर्ने उनको भनाई थियो ।

पर्यटन विकास र प्रवद्र्धनका लागि सरकार प्रतिवद्ध रहेको मन्त्री आलेले बताए । उनले आफू पर्यटनमन्त्री हुनासाथ नेपाली हवाई उडान माथि लगाइएको कालोसूची हटाउन पहल गरेको बताए ।

आफू बेलायत भ्रमण जाँदा डब्लुटिएमको कार्यक्रममा आइकाओले लगाएको व्ल्याक लिष्टबाट हटाउन आफूले मन्त्रालयबाट पत्राचार गरिसकेको मन्त्री आलेले बताए ।

त्यस्तै नेपाल भारतवीच हुने हवाई उडानको सीमित घेरालाई हटाएर सवै नागरिक आउन जान पाउने गरी भारतीय पर्यटन राज्यमन्त्रीसँग कुरा गरेको बताउँदै अहिले एयरबबल हटेको र अवका दिनमा पर्यटकको संख्या बढ्दै जाने उनको भनाई थियो ।

कोभिड १९ को संक्रमण कम हुँदै जाँदा पर्यटन क्षेत्र चलायमान हुँदै गएको र थप गति दिन हवाई उडान बढाउने योजना बनिरहेको उनले जानकारी दिए।

  • प्रकाशित मिति : मंसिर ५, २०७८, आइतवार १३:११ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८