• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

एमालेको महाधिवेशले नारायणी किनारमा चितवन महोत्सवको झल्को

  • खबरदाता

एमालेको महाधिवेशले नारायणी किनारमा चितवन महोत्सवको झल्को

मंसिर ५, २०७८

 

चितवन । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले आफ्नो १० औँ राष्ट्रिय महाधिवेशन चितवनमा गर्दैछ । यही मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुने महाधिवेशनका लागि नेताहरुको तीव्र दौडधुप भएको देख्न पाइन्छ । साथै महाधिवेशनको तयारी समेत द्रुत गतिमा भइरहेको छ ।

यतिवेला उद्घाटन सत्र हुने नारायणी नदी किनारलाइ चिटिक्क  पार्नका लागि सो क्षेत्रमा धेरै कामहरु भइरहेका छन। । नेता कार्यकर्ताको दिनहुँ बाक्लै उपथिती छ भने डोजर,ट्याक्टर लोडरले निरन्तर काम गरिरहेका छन् ।

चितवनको नारायगढ स्थित नारायणी नदी किनार जहाँ नेकपा एमालेले मंसिर १० गते ५ लाख नेता कार्यकर्ता उतार्ने भनेर प्रचारप्रसार गरिरहेको छ । उद्घाटन सत्र नारायणीको किनारमा हुनेछ भने बन्द सत्र सौराहाको होटल सेभेनस्टारमा हुने टुगो लगाएको छ।

मञ्च निर्माणमा मात्रै हैन, नेकपा एमालेले महाधिवेशनको तयारी समेत तीब्र बनाएको छ। उद्घाटन स्थलमा भइरहेको निर्माण कार्यले बिगतमा लाग्दै आएको चितवन महोत्सवको तयारिको झल्को दिएको आभास पाइन्छ । चितवन महोत्सवको १३ औ संस्करण पनि आउँदो पौष २५ देखि माघ ४ सम्म सोही स्थानमा हुँदैछ।

राजधानी बाहिर प्राय ठाउँमा यति धेरै सार्वजनिक जमिन पाउन कठिन हुने र पूर्वाधारको पनि अभाव हुने चुनौति भएकाले चितवनलाइ महाधिवेशनको लागि रोजेको पार्टीका प्रवक्ता प्रदिप ज्ञवाली बताए ।

कार्तिक ५ गते नेकपा एमाले चितवनले पत्रकार सम्मेलन गरेर महाधिवेशनको तयारी सुरु भएको बतायो । कार्तिक १५ गते केपी शर्मा ओली चितवन आएर महाधिवेशनको सम्पर्क कार्यालय उद्घाटन र कार्तिक १७ गतेस्थलगत निरीक्षण गरेका थिए। सो दिन देखिनै तयारीले तीव्रता पाउन थालेक हो । स्वयमसेवक व्यवस्थापन समितिका संयोजक विनोद श्रेष्ठले अहिले दिनमा मात्रै नभएर रातमा पनि कामलाइ निरन्तरता दिएको बताए ।

१० औं महाधिवेशनलाइ भव्य र सन्देशमूलक महाधिवेशनको रुपमा चिनाउने हिसाबको योजना भएको र सोही अनुसारनै काम पनि भइरहेको केन्द्रीय प्रचार विभागका प्रमुख योगेश भट्टराईले बताए । यो पटक पर्चा पम्प्लेटको नभई डिजिटल माध्यमबाट प्रचार प्रसार गरिने उनले बताए । माधव नेपाल नेतृत्वको पार्टी वाहेक सवैलाई निमन्त्रण पठाइएको र दक्षिण एसीयाका सत्तारुढ तथा विपक्षिदललाई समेत आमन्त्रण गरिएको उनको भनाई छ ।

६६ जिल्लाबाट प्रतिनिधिहरु छनौट भइसकेको पार्टीले जनाएको छ। वन्दसत्र संचालन हुने सौराहामा पनि अहिले एमाले नेताहरुको सरगर्मी  निकै बढेको देख्न पाइन्छ । सौराहाका विभिन्न होटल हरुमा ३ हजार ५ सय वटा कोठा बुकिङ गरिएको जनाइएको छ।

बुटवलमा गर्ने भनेर तयारि गरिएको महाधिवेशन एक्कासी चितवनमा सारिनुलाइ अर्थपूर्ण रुपमा हेरिएको छ। यसरि सारिनु पार्टीको निरन्तर प्रकृया भनिएपनि दुईतिहाइबाट तल झर्नु पर्दाको पीडा र प्रचण्डको निर्वाचन क्षेत्रमा एमालेप्रति आकर्षण बढेको देखाउन पनि यहाँ ल्याइएको एकथरिको बुझाइ छ।

पछिल्लो समय चितवनमा शीर्षस्थ नेताहरुको आवतजावत तीव्र रहेको देख्न पाइन्छ । सनिवार मात्र नेकपा माओबादिका अध्यक्ष पुस्पकमल दाहाल प्रचण्डले आफुलाइ सोत्तर पार्ने उदेश्यले एमाले चितवनमा महाधिवेशन गर्न लागेक आरोप लगाएका थिए।उनि सनिवारनै हेलिकप्टर मार्फत चितवन आएका थिए।

  • प्रकाशित मिति : मंसिर ५, २०७८, आइतवार ०८:५७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८