• वैशाख १३, २०८१, बिहीवार Thursday, 25 April, 2024

घोषणाको ५ बर्षसम्म शिलान्यासनै भएन शक्तिखोर औद्योगिक क्षेत्र


घोषणाको ५ बर्षसम्म शिलान्यासनै भएन शक्तिखोर औद्योगिक क्षेत्र

देशमा भएको राजनीति खिचातानि र अस्थिर सरकारले गर्दा देशकै गौरबको रुपमा लिइन सकिने आयोजना कम्प्युटर भित्र नक्शामा मात्र सिमित हुन पुगेक छ। यस कुराले राजनैतिक दलहरुलाइ अलिकति पनि लाज घिन लागेको भान देखिदैन।

केपी शर्मा  – मंसिर ५, २०७८

चितवन । चितवनमा बढ्दो शहरीकरणले उद्योगहरु संचालनमा कठिनाई भइरहेको छ । उद्योगहरु रहेको वरपर वस्ती वाक्लिदै जानु र एकै स्थानमा फराकिलो जग्गा नहुँदा नयाँ उद्योगहरु स्थापनाका लागि समेत उचित ठाउँको खोजी भइरहेको छ।

देशकै मध्य भागमा रहेको चितवनमा थपिदै गएका उद्योगहरुलाई थप व्यवस्थित गराउने र नयाँ उद्योग स्थापना गर्न चाहानलेलाई सरल सहज बनाउन शक्तिखोर ओद्योगिक क्षेत्र निर्माण गर्ने योजना सार्वजनिक गरिएको थियो । तर घोषणाको ५ वर्ष हुँदापनि फिल्डमा कुनै काम हुन सकेको छैन ।

२०७३ साल फागुन ३ गते तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद् बैठकले शक्तिखोरमा औद्योगिक क्षेत्र बनाउने निर्णय गरेको थियो । कालिका नगरपालिका वडानम्वर ३, ७ र ८ जहाँ माओवादी लडाकुहरुको शिविर थियो सोही ठाउँमा व्यवस्थित औद्योगिक क्षेत्र बनाउने भनिएपनि २०७८ साल आधा समय सकिसक्दा सम्म पनि फिल्डमा निर्माण कार्यको कुनै सिन्को समेत भाँचिएको छैन ।

यो अबधिमा १७४१ विघा क्षेत्रफलमा ३६ अर्वको लागत सहितको डिपिआर तयार हुने भन्दा अर्को प्रगति हुन सकेको छैन ।

अब भने यस कार्यलाइ गठबन्धन सरकारले चाँडै अगाडी बढाने आसा गरिएको छ । बागमती उद्योग परिसंघका अध्यक्ष भेषराज दुवाडी पनि अबको सरकारले कामलाइ गति दिने आसा गरिएको बताउँछन। उनि भन्छन , अहिलेको गठवन्धन सरकारले चाँडै शिलान्यस गर्ने आशमा हामि रहेका छौ। त्यसै अनुसार प्रदेशमा लबिङ पनि भइरहेको छ।

सरकार परिवर्तन र तत्कालिन नेकपा भित्रको आन्तरिक विवादले आद्योगिक क्षेत्र निर्माणमा ढिलाई भएको जानकारहरु बताउँछन। चितवनका उद्योगीहरुले प्रधानमन्त्री शेरवहादुर देउवालाई समेत भेट गरेर काम अघि बढाइदिन आग्रह गरेका छन् । चितवन उद्योग संघका उपाध्यक्ष युगराज वस्तीले औद्योगिक क्षेत्र निर्माणमा अब ढिलाई नगर्न आग्रह गर्दै चितवन सहित देशभरबाट उद्योग संचालन गर्न चाहानेहरु यहाँ आउन तयार रहेको बताउँछन । अहिले सम्म २५० बढि उद्योगिरुले शक्तिखोर औद्योगिक क्षेत्रमा जानका लागि नाम दर्ता गरिसकेका छन्।

पटक पटक सरकार परिवर्तन हुँदा दुख पाएको यो आयोजनाले अव गति लिने आशा छ । यसको इआइए समेत भइसकेको छ भने चितवनमा आएर पूर्व प्रधानमन्त्री समेत रहहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवनको विकासमा अव कोही वाधक नभएको भन्दै ढुक्क हुन उद्योगीहरुलाई आग्रह गर्दै आएका छन।

औद्योगिक व्यवस्थापन लिमिटेड मार्फत सरकारको ध्यानाकर्षण गराइरहेका उद्योगहिरुले ९९ वर्षको भोगाधिकार सहित आद्योगिक क्षेत्र माग गरेका छन् । शिलान्यास भए निजी क्षेत्रले समेत लगानी गर्न तयार रहेको र फेज वाइज काम सुरु हुने उद्योगीहरु बताउँछन् । तर उद्योग कलकारखानाको स्थापना विना देशको समृद्धि हुनै नसक्ने भाषण गर्दै हिँड्ने सत्ताका मालिकहरुले दिने पटक पटकको आश्वासनले चितवनमा रहेका करिव १२ सय उद्योग संचालकहरु आसैआसमा बस्न वाध्य भएका छन्।

  • प्रकाशित मिति : मंसिर ५, २०७८, आइतवार ०६:१५ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८