• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

एमालेको दशौँ महाधिवेशन : ५ लाख मान्छे, ५ करोड खर्च !

  • खबरदाता

एमालेको दशौँ महाधिवेशन : ५ लाख मान्छे, ५ करोड खर्च !

मंसिर १, २०७८

चितवन । पाँच लाख कार्यकर्ता उतार्ने महत्वकाक्षि नेकपा एमालेको दशौँ महाधविशेनमा पाँच करोड भन्दा धेरै खर्च हुने पार्टीले जनाएको छ ।

महाधिवेशन विषयका सम्वन्धमा जानकारी गराउने उद्देश्यले भरतपुरमा आयोजना गरिएको पत्रकार सम्मेलनमा एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराइले सो कुराको जानकारी गराएका हुन् ।

आठ लाख १० हजार पार्टीका सदस्यहरु रहेको र उनीहरुबाट रु. एक सयका दरले सहयोग उठाउँदा ८ करोड १० लाख रुपैयाँ संकलन हुने भन्दै भट्टराइले महाधिवेशन ५ करोड प्लसमा सम्पन्न हुने बताएका हुन् ।
६६ जिल्लामा प्रतिनिधिहरु छनौट भइसकेको जनाउँदै वाँकी रहेका जिल्लाहरुमा पनि केही दिनमै प्रतिनिधि छनौट भइसक्ने उनले बताए । ३२ वटा विभाग, जनवर्गीय संगठन तथा सम्पर्क कमिटीहरुबाट पनि महाधिवेशन प्रतिनिधिहरु छनौट भइसकेको उनले जानकारी दिए ।

महाधिवेशन सम्वन्धमा जानकारी लिनका लागि पार्टीले चलाएको फेसबुक पेजबाट दैनिक एक घण्टाका लागि सो सम्बन्धी जानकारीमूलक कार्यक्रम गर्ने उनको भनाई छ । त्यस्तै इ बुलेटिन अपरान्ह तीन बजेबाट प्रकाशीत गर्ने, मंसिर २ गतेदेखि पार्टीको फेसवुक पेजबाट लाइभ गर्ने,मंसिर १ देखि ७ गतेसम्म ७५३ वटै पालिका र सवै वडामा नेकपा एमालेको महाधिवेशन केन्द्रीत अन्तरक्रिया गर्ने उनले बताए । साथै महाधिवेशनमा छिमेकी देश सहित दक्षिण एसियाका सत्तासीन र विपक्षि दलका नेताहरुलाई समेत निमन्त्रणा गरिसकेको र केहीले आउने आश्वासन समेत दिएको उनको भनाई छ ।

एमालेको १०औँ महाधिवेशनपछि सम्पूर्ण कम्युनिष्टहरुको गुरुत्वआकर्षण बढ्दै जाने दावी गर्दै उनले एमालेकै नेतृत्वमा एउटै पार्टी बन्ने बताए । समाजवादको आधार निर्माण गर्दै जाने र यो आधार कुनै माओवादी विचार धारा वा अन्य कम्युनिष्ट विचार धाराले नभई जनताको बहुदलीय जनवादबाट मात्रै सम्भव भएकाले एमालेलेनै सवै कम्युनिष्टहरुलाई एकीकरण गरी अघि बढाउने उनको ठम्याई थियो । उनले भने,“सम्पूर्ण कम्युनिष्टहरुको गुरुत्वाकर्षण शक्ति भनेको एमाले हुन्छ । त्यसैले सम्पूर्ण कम्युनिष्टहरु एमालेमै आउँछन् । यदी कोही पसल थापेर व्यापार नभएपनि पसल कुरिरहन्छन् भने त्यतै रहन्छन् । ”

महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेवारे बताउँदै उनले लगभग केपी शर्मा ओलीनै अध्यक्षमा दोहोरिने बताए । महाधिवेशनमा प्रतिस्पर्धा गर्छु भन्नेहरुलाई बाटो खुल्ला रहेको भन्दै चुनाव नभई सर्वसम्मत भए केपी शर्मा ओलीलने पुन अध्यक्षमा दोहोरिने उनको भनाई थियो ।

सम्पूर्ण पार्टीहरुलाई महाधिवेशनमा आमन्त्रण गरिरहदा एमालेबाट केही समय अघि मात्र फुटेर वनेको नयाँ पार्टी नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाललाई भने नबोलाउने भट्टराइले दोहोर्याएका छन् । उनले भने,“एमालेले बोलाएमा आउनुहुन्छ त ? महाधिवेशनमा आउन नचाहेर त एमालेबाट वाहिरीनुभयो । जव उहाँको इच्छानै छैन भने किन बोलाउने त ? ”

  • प्रकाशित मिति : मंसिर १, २०७८, बुधवार १३:३८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८