• वैशाख १४, २०८१, शुक्रवार Friday, 26 April, 2024

क्युस्यु जापानको झोला पाउँदा चेपाङ सहितका विद्यार्थी दङ्ग


क्युस्यु जापानको झोला पाउँदा चेपाङ सहितका विद्यार्थी दङ्ग

मंसिर १, २०७८

चितवन। कोरोना भाइरसको महामारी कम भएसँगै भर्खर मात्रै विद्यालयहरु संचालनमा आएका छन् । करिव दुई वर्ष विद्यालयजानबाट बन्चित विद्यार्थीहरु भर्खरै मात्र कापी,कलम,झोला र डे«सको जोहो गर्दै आएका छन् ।

यही समयमा कोरोना भाइरस राहत कोष क्युस्यु जापानले चितवनको ईच्छाकामनामा रहेका करिव ९७० जना विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको हो । चेपाङहरुको वाहुल्यता रहेको सो क्षेत्रका विद्यार्थीहरु शैक्षिक सामाग्री पाउँदा खुशी भएका छन् । जति विद्यार्थीहरु खुशी छन् त्यो भन्दा धेरै तीनका अभिभावक छन् ।

सो गाउँपालिकाको वडानम्वर १ मा रहेको एक मावि सहित अन्य सवै विद्यालयमा अध्ययनरत बहुसंख्यक चेपाङ सहित सवै विद्यार्थीलाई जनही दुईवटा कपी सहित एउटा झोला वितरण गरिएको हो ।

कमजोर आर्थिक अवस्थाले झोला समेत किन्न नसकेर हातमा किताव कपी बोकेर विद्यालय जान वाध्य रहेको थाहा पाएपछि जापानमा रहेका नेपालीहरुले आर्थिक संकलन गरी सहयोग गरेका हुन् ।
सपना भिलेज सोसल ईम्पाक्टको समन्वयमा जापानमा रहेका नेपाली संघसंस्थाको सहयोगमा संकलित करिव चार लाख रुपैयाँ भन्दा बढीको शैक्षिक सामाग्री सहयोग गरिएको परियोजनाका कार्यक्रम निर्देक सुजन बस्नेतले जानकारी दिए। वडाभित्र रहेका अन्य विद्यालयका विद्यार्थीलाई पनि आजनै ती सामाग्री हस्तान्तरण गरिने बस्नेतले जानकारी दिए । जापानबाट सहयोग गरे ।

क्युस्यु जापानका अध्यक्ष एवम् एनआरएनए जापानका सचिव धर्म अधिकारी सहितको सक्रियतामा संकलित रकमबाट सो सहयोग गरिएको कार्यक्रमका प्रमुख अतिथि एवम् क्युस्यु जापानका प्रतिनिधि होमनाथ सापकोटाले जानकारी दिए । जापानमा रहेका नेपालीहरुले आफ्नो कमाईबाट केही रकम बचत गरि आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई सहयोग गरिएको उनको भनाई थियो ।

राष्ट्रिय मावि हात्तीवाङ्गका ३२३ जना विद्यार्थीलाई ती सामाग्री वितरण गरेर कार्यक्रमको सुरुवात गरिएको थियो । विद्यालयका प्रधानाध्यापक लोक बहादुर मगरले करिव ९० प्रतिशत चेपाङहरु अध्ययन गर्ने एकमात्र मावि विद्यालय रहेको र अहिलेको सहयोगले विद्यार्थीको पढाईमा थप सहज हुने बताए ।

झोला पाएपछि कपी किताव बाटोमै हराउने,पानी र पसीनाले च्यातिने समस्या समाधान भएको भन्दै सहयोगका लागि क्युस्यु र सपना भिलेजलाई धन्यवाद सहित आगामी कार्यक्रममा पनि सहकार्य गर्न आग्रह गरेका थिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पुष्मवहादुर चेपाङले जाडो सुरु भएसँगै न्यानो कपडाको अभावमा विद्यालय छाड्न चेपाङ वालवालिका वाध्य हुने भन्दै थप सहयोगका कार्यक्रम ल्याइदिन आग्रह गरे ।
कार्यक्रममा वडाअध्यक्ष नन्दलाल गिरि, कृषिविज्ञ सुर्य बोगटी,लायन्स क्लव रत्ननगरका पूर्व अध्यक्ष विकर्ण कुमार श्रेष्ठ,समाजसेवी लिलाधर कडेल लगायतको उपस्थिति रहेको थियो ।

  • प्रकाशित मिति : मंसिर १, २०७८, बुधवार १०:५३ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८