• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

बन्द खुलेसँगै रिहा भए विप्लवका कार्यकर्ता

  • खबरदाता

बन्द खुलेसँगै रिहा भए विप्लवका कार्यकर्ता

कात्तिक ३०,२०७८

चितवन । नेत्र बिक्रम चन्दको नेकपाले आव्हान गरेको नेपाल बन्दका क्रममा चितवनबाट पक्राउ परेका १६ जना रिहा भएका छन् ।

पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा विप्लव समूहले मंगलवार विहानै देखि चितवन लगायत देशभर वन्दको आह्वा गरेको थियो । विहानसवेरै देखि भएको बन्द साँझ पाँच बजे खुलेसँगै पक्राउ परेका कार्यकर्तालाई प्रहरीले रिहा गरेको हो । अवका दिनमा यस्ता कार्य नगर्ने नगराउने शर्तमा रिहा गरिएको चितवन प्रहरीले जनाएको छ।

बन्द गर्दै हिँडेका ९ जना कार्यकर्तालाई नारायणगढको लायन्सचोकबाट प्रहरीले पक्राउ गरेको थियो भने अन्यलाई बाइपास रोड लगायत विभिन्न ठाउँबाट पक्राउ गरेको हो । दिनभर यातायात नचलेपछि लामो यात्रा गर्ने यात्रुहरु समस्यामा परेका थिए । अहिले चितवनका विभिन्न स्थानबाट लामो तथा छोटो दुरीका सवारी साधनहरु संचालनमा आएका छन् ।

बन्दको दिन यातायात अबरुद्ध गर्न खोजेपछी बिप्लबका कार्यकर्ता र प्रहरी बिच केहिबेर घम्साघम्सि समेत भएको थियो।बन्दका कारण चितवनको नारायणगढ, हाकिमचोक, टाँडि, पर्सा , चनौलि लगायतका बजारहरु बन्द रहेका थिए भने चोकचोकमा प्रहरी,शसस्त्रको वाक्लै उपस्थिती देख्न सकिन्थ्यो ।

  • प्रकाशित मिति : कात्तिक ३०, २०७८, मंगलवार ११:४८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८