• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

चितवनमा बन्द गराउदै हिँड्ने बिप्लबका ११ जना कार्यकर्ता पक्राउ


चितवनमा बन्द गराउदै हिँड्ने बिप्लबका ११ जना कार्यकर्ता पक्राउ

कात्तिक ३०,२०७८

 

चितवन । नेत्र बिक्रम चन्दको नेकपाले आव्हान गरेको नेपाल बन्दका क्रममा चितवनबाट ११ जना पक्राउ परेका छन।

नारायणगढको लायन्सचोकमा बन्द गराउने ९ जना कार्यकर्तालाइ प्रहरीले पक्राउ गरेको छ।
यातायात अबरुद्ध गर्न खोजेपछी बिप्लबका कार्यकर्ता र प्रहरी बिच केहिबेर घम्साघम्सि समेत भएको थियो।

यस्तै बाइपास रोडको अँखा अस्पताल नजिकबाट पनि २ जनालाइ पक्राउ गरिएको चितवन प्रहरीले जनाएको छ। उनिहरुलाइ बन्द गराउदै हिडेको अबस्थामा बिहान साढे ५ बजेको समयमा प्रहरीले पक्राउ गरेको हो।

बन्दका कारण चितवनको नारायणगढ, हाकिमचोक, टाँडि, पर्सा , चनौलि लगायतका बजारहरु बन्द रहेका छन।

बन्दले गर्दा गन्तव्यमा पुग्न नपाउदा यात्रुहरु मारमा परेका छन। चोक चोकमा प्रहरीको बाक्लो उपस्थित रहेको देख्न सकिन्छ ।

  • प्रकाशित मिति : कात्तिक ३०, २०७८, मंगलवार ०३:३४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८