• वैशाख १४, २०८१, शुक्रवार Friday, 26 April, 2024

५ अर्ब ५३ करोड ठगीको जाहेरी


५ अर्ब ५३ करोड ठगीको जाहेरी

कात्तिक ३०,२०७८

 

सिभिल ग्रुपको ठगीका विषयमा अनुसन्धान गर्दै आइरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी०मा उजुरी आउने क्रम बढ्दै गएको छ । गत १४ कात्तिकसम्ममा सिभिल ग्रुपबाट ठगिएको भन्दै सीआईबीमा १३ सय ६४ जनाको जाहेरी परेकोमा सोमबारसम्म आइपुग्दा १४ सय ४१ जनाले ठगिएको भन्दै जाहेरी दिएका छन् ।

तीन वर्ष अघिदेखि रकम फिर्ता नपाएको भन्दै सिभिल ग्रुपको ठगीका विषयमा जाहेरी पर्न थालेपछि सीआईबीले सो संस्थाका सञ्चालकसहितका कर्मचारीलाई पक्राउ गरेको थियो । हाल १२ जना पूर्वकर्मचारी र हाल कार्यरत कर्मचारी सीआईबीको अनुसन्धानको दायरामा छन् ।

सीआईबीले सिभिल ग्रुपका सञ्चालक तथा नेकपा एमालेका पूर्वसांसद इच्छाराम तामाङसहित १२ जनालाई थुनामा राखेरै अनुसन्धान गरिरहेको छ । सीआईबीले उनीहरूविरुद्ध हालसम्म ५ अर्ब ५३ करोड २६ लाख ६९ हजार ४ सय ४२ रुपैयाँबराबरको ठगीका जाहेरी परेको जनाएको छ । आजको राजधानी दैनिकमा समाचार छ ।

  • प्रकाशित मिति : कात्तिक ३०, २०७८, मंगलवार ०१:०० बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८