• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

प्रधानन्यायाधीशलाई बारले भन्यो: राजिनामा एकमात्र बिकल्प, वार्तामा बस्दैनौँ

  • खबरदाता

प्रधानन्यायाधीशलाई बारले भन्यो: राजिनामा एकमात्र बिकल्प, वार्तामा बस्दैनौँ

कात्तिक २९,२०७८

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाइ राजीनामा एक मात्र विकल्प भएकोले सोहि अनुसार गर्न नेपाल बार एसोसिएले सुझाएको छ।

प्रधानन्यायाधीश जबराले वार्ताका लागि आह्वान गरेपछि बार अध्यक्ष चण्डेश्वर श्रेष्ठले बारले गरेको बिरोध कार्यक्रममा जबरासँग वार्तामा नबस्ने जवाफ फर्काएका हुन्।

राजनैतिक दलहरु मुक दर्शक बन्न नहुने बारको भनाइ छ।२०६२र०६३ को आन्दोलनमा राजनीतिक दललाइ बारले गरेको सहयोगको संस्मण गर्न र कुनै निर्णय लिन राजनीतिक पार्टीलाइ बारको अनुरोध छ।
बारका पुर्ब सचिब उमेश गौतमले आफुहरु गम्भीर मोडमा रहेको र अहिले देखा परेको बिचलनलाइ सहि बाटोमा ल्याएर छाड्ने बताए । जसलाइ आफुहरुले सुनाउन खोजेको उसैले नसुन्दा समस्या झन जटिल बन्दै गएको उनको भनाइ थियो।
बारका पुर्ब महासचिव सुनिल कुमार पोखरेलले अबको निकस प्रधानन्यायाधीशको बहिर्गमन भएको बताए । बारको शान्ति पुर्ण आन्दोलनलाइ भाडाका मान्छे प्रयोग गरेर निस्तेज पार्ने सपना नदेख्न उनले आग्रह गरे।

आज बिहान मात्र प्रधानन्यायाधीश जबराले आन्दोलनरत पक्षलाई विग्रहको बाटो छोडेर संवादमा आउन आग्रह गरेका थिए।

  • प्रकाशित मिति : कात्तिक २९, २०७८, सोमवार ०७:०९ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८