कात्तिक २९,२०७८
न्यायालय सुधारको आन्दोलनका नाममा भइरहेका गतिविधि निकै विरोधाभासपूर्ण छन् । न्यायिक शुद्धीकरणको नारा लिएर प्रधानन्यायाधीश चोलेन्द्रशमेशर राणाको राजीनामा माग्ने कानुन व्यवसायी र न्यायाधीशमध्ये जोजो सर्वाधिक विवादित छन्, तिनै अग्रमोर्चामा सक्रिय छन् ।
जस्तो कि अहिले इजलास बहिष्कार अभियानमा रहेकी न्यायाधीश सपना मल्ल प्रधान पनि छिन् । उनी नेकपा एमालेकी पूर्वसभासद भएर मात्र विवादित छैनन्, उनीमाथिको न्यायिक विचलनको आरोप त्योभन्दा गम्भीर छ । उनले बूढानीलकण्ठकी लीला देवकोटालाई सडकपेटीमा हिँडिरहेको अवस्थामा मादक पदार्थ सेवन गरी बिनालाइसेन्स चलाएको गाडीले हानेर मारेको अभियो लागेका पृथ्वी मल्ललाई धरौटीमा रिहा गरेकी थिइन् । त्यही प्रकरणका कारण प्रधानन्यायाधीश राणाले समेत अहिलेसम्म व्यापक आलोचना खेपिरहेका छन् । मल्लको आदेशले राणाले गाली खाने तर तिनै मल्लचाहिँ सदाचारी, न्यायालय सुधारक र क्रान्तिकारी बन्ने ?
नेपालमा न्याय महँगो छ । न्यायलयमा बेथिति छ । ढिलासुस्ती छ । यी सबै कुरा यथार्थ हुन् । यस्तो अवस्था अन्त्य हुनुपर्छ भन्नेमा पनि कतै दुई मत नहोला । यस्ता बेथितिका कारक र नैतिक जिम्मेवार न्यायिक नेतृत्व पनि हुन्छन् भन्ने पनि मान्न सकिन्छ । यहाँसम्म त ठीकै छ । अनि अदालती बेथितिको पहाड भत्काउनुभर्छ भनेर शम्भु थापाले नारा लगाउँछन् भने कसरी पत्याउनु ?
विवादकै कुरा गर्ने हो भने सर्वाधिक विवादित वकिल उनै हुन् । लोकमानसिंह कार्कीले त्यसै उनीमाथि मुद्दाको तयारी गरेका थिएनन् । बिनाआधार त्यति बडेमानका वकिलमाथि हात हाल्ने आँट जोकोहीले गर्न सक्दैन । उनी केकेमा विवादित छन् भनेर यहाँ चर्चा गर्नै पर्दैन । उनले मुद्दा हेरेका पक्ष, उनकै सहकर्मी वकिल र न्यायाधीशहरूलाई सोधे पुग्छ ।
शम्भु थापा हु्न् या हरिहर दाहाल, जो पचास हजार घटी रकममा बहस गर्दैनन्। राजस्व हत्पत्ति नतिर्ने, तिरे पनि नाम मात्रको तिर्ने गर्छन् । मुद्दा जिताउने ठेक्का नै लिन्छन् । तर्क र तथ्यले भन्दा न्यायाधीशलाई हकारेर आफ्नो पक्षमा फैसला पार्न खोज्ने । हरेकपटकका न्यायाधीश नियुक्तिमा भाग लिने, अनि भाग नपाएपछि वा न्यायिक नेतृत्वले उनको इशारामा नाच्न नमानेपछि तथानाम भन्दै हिँड्ने उनको चरित्रबारे हरेक कानुन पेसाकर्मी भलिभाँती जानकार छन् ।
आज सर्वोच्चको कुन न्यायाधीश छ, जसले मैले तलब भत्ताबाहेक मुद्दामा मोलाहिजा गरेर पक्षबाट वा एनजीओ(आईएनजीओबाट एक रुपैयाँ खाएको छैन भन्न सक्ने रु आफ्ना आराध्यहरुलाई अफ्ठ्यारो पर्नासाथ रिटको चाङ लिएर कुद्ने वरिष्ठ अधिवक्ताहरु निमुखालाई न्यायको भट्टीमा हालेर पोल्ने, अपहरणकारीको पक्षमा वकालत गर्ने र न्याय महँगो भयो भनेर भाषण गर्ने रु तिनका कथनी र करनीमा कहाँनिर छ संगति रु
आज सर्वोच्च अदालतका सबै न्यायाधीशको चारित्रिक प्रमाणपत्र हेरौँ, चोलेन्द्रशमशेर राणाको भन्दा भिन्न कसको के आधारमा देखिन्छ रु अनि राणालाई हटाएपछि अदालत न्यायको स्वर्ग बन्छ भनेर कसरी पत्याउनु रु
सत्तामा भाग मागेको आरोप लगाएर बिनाछानबिन र बिनापुष्ट्याइँ, चोलेन्द्रशमशेर राणालाई खराब घोषणा गरिँदै छ। त्यत्तिकै भरमा राणालाई कारवाहीको भागीदार बनाइन्छ भने भाग दिने शेरबहादुर देउवा, पुष्पकमल दाहाल, माधव नेपाल, बाबुराम भट्टराईचाहिँ दोषमुक्त हुन्छन् रु एउटै वारदातका आरोपीहरू कोही अपराधी अनि कोहीचाहिँ गजब, लोकतान्त्रिक, अग्रगामीको उपाधि पाउन लायक हुन्छन् रु राणाले राजीनामा दिएपछि बाँकी सबै बेथितिका हिस्सेदारहरुले सात खुन माफ पाउँछन् ?
सारमा भन्दा एउटा चोलेन्द्रशमशेर राणाले राजीनामा दिएपछि न्याय निमुखाको पहुँचमा पुग्छ कि कि शम्भु थापा र हरिहर दाहालहरुको सेटिङमा पुग्छ रु के आमनागरिकले यत्ति पनि बुझ्दैनन् र ?
चोलेन्द्रशमशेर खराबै भए मानौँ । उनी गएर आउँछ को रु अर्को चोलेन्द्र रु जसरी एउटा खड्गप्रसाद गएर अर्को शेरबहादुर आए, त्यसैगरी एउटा चोलेन्द्र गएर अर्को चोलेन्द्र आउँछन् भने यति ठूलो हल्ला किन रु यति ठूला नाराबाजी, वक्तव्यबाजी र भिडन्त किन ?
सारमा भन्दा समस्या व्यक्तिमा हो कि प्रणालीमा रु व्यक्तिमा हो भने कोकोमा हो रु त्यसको प्रमाणपत्र दिने कसले हो रु यी विषय पहिला स्पष्ट हुनुपर्छ । आजको सवाल एकजना चोलेन्द्र हटाउने हो कि चोलेन्द्रहरु उत्पादन गर्ने परिपाटीमा सुधार खोज्ने हो रु कति दिन कुद्ने हो व्यक्तिको पछि रु कतिन्जेल मान्ने हो संक्रमणकाल रु कहिलेसम्म पत्याइदिनुपर्ने हो दोगला चरित्रका अगुवाहरूका कुरा ?
हिम्मत छ भने हरेक कानुन व्यवसायी र न्यायाधीशले आफ्नो आयव्यय सार्वजनिक गरुन् । आम्दानीको स्रोत र कर तिरेको विवरण सार्वजनिक गरुन् । हरेकको विवरणको खुला लेखाजोखा होस् । छानबिनका निम्ति उच्चस्तयरीय नागरिक आयोग बनोस् । त्यस आयोगले सम्पत्ति जफतदेखि राष्ट्रियकरणसम्मको निर्णय लिएमा पनि स्वीकार छ भन्ने हिम्मत कसैले गर्न सक्छ रु यदि यति आँट छैन भने बेथिति अन्त्यका गफ नदिए हुन्छ । न्यायालय सुधारका नारा झोलाभित्रै राखे हुन्छ । न्यायालय सुधारको आन्दोलनको अग्रमोर्चामा रहेका हरेकका चारित्रिक अनुहार विरोधाभासपूर्ण छन् ।
तसर्थ सुधारका लागि पहिला मम भनौँ र ऐना पुछ्नुअघि आफ्नै अनुहार सफा गरौँ । न्यायालय आफै सुध्रिन्छ । एक्ला चोलेन्द्रले जति नै बद्मासी गर्न खोजे पनि त्यो सम्भव हुने छैन । एक्ला चोलेन्द्रलाई हटाएर बाँकी सबै फोहोर जस्ताको तस्तै राख्ने हो भने अहिलेका आन्दोलनकारीहरु पनि आफू चोलेन्द्र बन्न नपाएको भँडास मात्र पोखिरहेका छन् भन्ने पुष्टि हुनेछ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८