• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

बागमतीका २० पत्रकारहरुलाई मोवाईल पत्रकारिता तालिम

  • खबरदाता

बागमतीका २० पत्रकारहरुलाई मोवाईल पत्रकारिता तालिम

कात्तिक २६,२०७८

संचार रजिस्ट्रारको कार्यालय बागमती प्रदेशको आयोजनामा मल्टिमिडिया तथा मोबाईल पत्रकारिता तालिम धादिङमा सुरु भएकोछ ।

शुक्रवारबाट शुरु भएको तालिमको बागमती प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्ण खनालले उद्घाटन गरेका हुन । कार्यक्रमको उद्घघाटन गर्दै खनालले अहिलेको प्रदेश सरकार मिडिया मैत्री रहेको भन्दै मिडियालाई उद्योगमा राख्न सक्ने नीति बनाउन आफू तयार रहेको बताए ।

संचार रजिस्ट्रारको कार्यालयले माग गरेको आवेदनबाट छनौटमा परेका विभिन्न जिल्लाका २० जना पत्रकारहरू तालिममा सहभागी भएका छन् ।

यो सहित सचार रजिस्ट्रारको कार्यालयले प्रदेशका एक सय जना पत्रकारहरुलाई तालिम दिईसकेको सचार रजिस्ट्रार रेवती सापकोटाले जानकारी दिए ।

पत्रकारले विभिन्न जोखिम क्षेत्रमा रहेर काम गर्नुपर्ने भएकाले आफूसंग भएको मोवाईल प्रयोगबाट कसरी पत्रकारिता गर्ने भन्ने ज्ञान तालिमले दिने सापकोटाको भनाइ थियो । साथै ग्लोबलाईजेशनको समय पत्रकारको क्षमता बढाउन आवश्यक भएकाले पनि सचार रजिस्ट्रारको कार्यालयले विभिन्न तालिम चलाईरहेको सापकोटाले जानकारी दिए ।

सात वटा प्रदेशमा सवैभन्दा पहिले बागमती प्रदेशमा सचार रजिस्ट्रारको स्थापना भएको भन्दै अब पत्रकार कल्याण कोष सचालन गर्ने तयारी भएको सापकोटाको भनाई छ।

कार्यक्रममा धादिङका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद लम्साल,गल्छि गाउँपालिकाका अध्यक्ष कृष्ण हरि श्रेष्ठ,पत्रकार महासघ बागमती प्रदेश अध्यक्ष शिव देवकोटा लगायतले तालिमबाट लिएको सीपलाई व्यवहारमा उतार्न सुझाव दिएको थिए ।

  • प्रकाशित मिति : कात्तिक २६, २०७८, शुक्रवार ०८:३५ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८