कात्तिक २६,२०७८
चितवनमा भएको भिम बहादुर बिक प्रकरणमा दुई जना पुर्पक्षका लागि कारागार चलान भएका छन।
भरतपुर ४ को दुर्गा मन्दिर नजिकै भीमबहादुर विकमाथि कुटपिट गर्ने दुई जनालाई पुर्पक्षका लागि कारागार पठाउन चितवन जिल्ला अदालतले आदेश दिएको हो।
गत असोज २८ गते दसैंको नवमीको दिन बिहान मन्दिर प्रवेशको बिषयमा सोही गाउँका दुइ स्थानीयको कुटपिटका कारण भिम बहादुरको मृत्यु भएको थियो।
उक्त घटनामा सीताराम बस्नेत र दिलीप श्रेष्ठको आक्रमणबाट ५८ वर्षीय विकको मृत्यु भएको भन्दै मृतकका छोरा किसन विकले जिल्ला प्रहरी कार्यालय चितवनमा किटानि जाहेरी दिएका थिए।
बस्नेत र श्रेष्ठलाई घटना भएकै दिन प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरू गरेको थियो।
उनीहरू दुबै जनालाई पुर्पक्षका लागि कारागार पठाउन अदालतले शुक्रवार आदेश दिएको हो।
प्रहरी अनुसन्धानले घटनामा जातीय विभेदले नदेखिएको भन्दै घटनालाई आवेशप्रेरित हत्या भएको भन्ने राय सहितको प्रतिबेदन पेश गरेको थियो।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८