कात्तिक २६,२०७८
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाइ सर्बोच्च अदालत प्रवेशमा रोक लगाउने बारका वकिलहरुको योजना विफल भएको छ।
बारका वकिलहरु सर्बोच्चको मुल गेटमा धर्ना बसिरहेका बेला जबरा भने चोर बाटो हुदै अदालत पुगेका छन।
उनी सर्वोच्च अदालतको १ नम्बर गेट हुँदै १० बजेर ५२ मिनेट जाँदा अदालत प्रवेश गरेका हुन् । नेपाल बार एसोसिएसनका वकिलहरूले सर्वोच्चको मुख्य गेटमा धर्ना दिँदै उनलाई प्रवेश गर्न नदिएपछि उनी चोरबाटो हुँदै अदालत प्रवेश गरेका हुन् ।
धर्ना चल्दै अदालत प्रवेश गरेका जबराले शुक्रवारका लागि ८ वटा इजलास तोकेका छन।
धर्नाका कारण बिहान १०:५० मा मात्रै सर्वोच्च छिरेका जबरा आफूलाई भने आज इजलास तोकेनन।
जबरा न्यायाधीशहरू दीपककुमार कार्की, कुमार चुडाल, मीरा खड्का, प्रकाशमानसिंह राउत, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, हरिप्रसाद फुयाल, आनन्दमोहन भट्टराई, सुष्मालता माथेमा, बमकुमार श्रेष्ठ, मनोजकुमार शर्मा, प्रकाशकुमार ढुंगाना, नहकुल सुवेदी, कुमार रेग्मी र तेजबहादुर केसीलाई इजलास तोकेका हुन्।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८