अवको स्थानीय निर्वाचनमा एमालेले देवी ज्ञवालीलाई हराएको बदला लिनुछ भनिरहदा गठन भएको नयाँ कमिटिप्रति आफ्नै पार्टीको ठूलो हिस्साको असहमति हुँदैगर्दा ज्ञवालीको कुराले पूर्णता पाउला त?
केपी शर्मा- कात्तिक २५, २०७८
नेकपा एमालेका सचिव प्रदिप ज्ञवालीले आफ्नो पार्टीले आउँदो स्थानीय निर्वाचनमा चितवनमा बदला लिने बताएका छन् ।
भरतपुर महानगर कमिटीको सपथग्रहण कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् । गत स्थानीय चुनावमा काँग्रेस र माओवादीको गठवन्धनले एमालेलाई महानगरमा हराएको उनको आरोप थियो ।
जनताले मतदान गरेर देवी ज्ञवालीर्लाइ जिताएको तर विभिन्न वाहानावाजी गर्दै मतदान अधिकृतले बत्ती निभाएर तीनका कार्यकर्ताद्वारा मतपत्र च्यात्न लगाएर हराएको भन्दै अव त्यसैको बदला लिने उनको भनाई थियो । उनले भने,“अहिले सपथ गरिएको महानगर कमिटीले आउँदो चुनावमा त्यसको उचित तरिकाले बदला लिनुपर्छ । ”
पार्टीमा बैचारिक असहमतिहरु सवैसामु हुन्छन् त्यसलाइ पार्टीका बैठकमै राखेर समाधान गर्नुपर्नेमा उनको जोड थियो । जब वाहिर वाहिर त्यस्ता कुराहरुलाई प्रचार गरिन्छ तव पार्टी कमजोर वन्दै जाने उनको भनाई थियो । पार्टीमा रहेका नेता कार्यकर्तामा पछिल्लो समय चमक देखिएको भन्दै प्रचण्ड र माधव नेपाल निस्किएपछि संगठनमा समेत गति लिएको उनको दावी थियो ।
कार्यक्रममा बोल्दै ज्ञवालीले पाँच दलीय गठबन्धनलाई सिद्धान्तले नभई फेविकलले टांसेको आरोप लगाए । कुन फेविकलले टाँसेको हो त्यो भने थाहा नभएको तर सिद्धान्त नमिल्दा सम्म एकै ठाउँमा उभिनु अचम्म भएको उनको भनाई थियो । उनले भने,“१० तिर फर्किएका पार्टीवीच गठवन्धन भएको छ । संघीयता खारेजी गर्नुपर्छ भन्ने जनमोर्चाका चित्र वहादुर केसी देखि सात वटा नभई सकेसम्म १४ वटा प्रदेश बनाउनुपर्छ भन्ने उपेन्द्र यादव, संविधान खारेज गर्नुपर्छ भन्ने उपेन्द्र यादव र संविधान जोगाउन लागिरहेको भन्ने काँग्रेस एकै ठाउँमा आउनु सिद्धान्तको गठवन्धन हुँदै होइन । ”
सत्तामा रहदा शक्ति बढ्ने भएपनि अहिले भने त्यसको ठिक विपरीत प्रतिपक्षमा आकर्षण बढेको बताए । माओवादी, काँग्रेस सत्तामा छन् तर माओवादीकै सयौँ कार्यकर्ता एमालेमा प्रवेश गरिरहेको उनको भनाई थियो । जतिसुकै षडयन्त्र गरेपनि जनताले त्यसो षडयन्त्रको पर्दाफास गर्ने उनले बताए ।
आगामी चुनावसम्म गठवन्धन रहिरहन्छ भन्ने अभिव्यक्ति नेकपा एमालेसँग डराएर दिएको अभिव्यक्ति भएको भन्दै ज्ञवालीले आगामी चुनावमा सानदार बहुमतले विजयी हुनेगरी लाग्न नेता कार्यकर्तालाई निर्देशन दिए ।
गठवन्धनले अदालतको समेत चरम दुरुपयोग गरेर भागवण्डा दिन्छु भनी परमादेश दिन लगाएको आरोप लगाउँदै ज्ञवालीले पार्टीको १०औँ महाधिवेशनमा ५ लाख नेता कार्यकर्ता उतार्ने बताए । उनले भरतपुर महानगरलाई १ लाख जनता उतार्न भन्दै अन्य ४ लाखको जिम्मा आफूहरुले लिने बताए ।
गत कार्तिक १५ गते केपी शर्मा ओलीले उद्घाटन गरेको महानगरको अधिवेशनले अन्तत सर्वसम्मत कमिटी चयन गरेको छ । जसको अध्यक्षमा शंकर थपलिया रहेका छन् । तर अध्यक्षमै उम्मेदवारी दिएका प्रल्लाहद प्रधानको टिमले निर्वाचन कमिटीका संयोजक देवी ज्ञवालीले आफ्नो सहमतिविनै अध्यक्ष चयन गरेको भन्दै व्यानर सहित उनीहरुले शपथग्रहण कार्यक्रममा विरोध जनाएका थिए ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८