• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

प्रदेश खारेजीको दस्तावेज ल्याउँदै मालेको आठौँ राष्ट्रिय महाधिवेशन चितवनमा


प्रदेश खारेजीको दस्तावेज ल्याउँदै मालेको आठौँ राष्ट्रिय महाधिवेशन चितवनमा

कात्तिक २५, २०७८

राष्ट्रवादी शक्तिहरुलाई एकतावद्ध गराएर राष्ट्रिय समस्याहरु समाधान गर्ने नीतिका साथ अगाडि बढेको नेकपा मालेले आफ्नो आठौँ राष्ट्रिय महाधिवेशन चितवनमा गर्ने भएको छ ।

नारायणगढमा भएको पत्रकार सम्मेलनमा बोल्दै महाधिवेशन आयोजक समितिका संयोजक एवम पार्टीका स्थायी समिति सदस्य दिनानाथ घिमिरेले कार्तिक २७ देखि २९ गतेसम्म नारायणी कला मन्दिरमा महाधिवेशन गरिने जानकारी दिए ।

प्रदेश खारेज गर्नुपर्ने प्रमुख माग सहित आठ वटा दस्तवोजहरु पेश गर्नेगरी महाधिवेशनको तयारी तीव्र पारिएको घिमिरेले बताए । कार्तिक २७ गते १२ बजे र्याली निस्कने र ठिक १ बजे उद्घाटन गरिने भएको हो।

पत्रकार सम्मेलनमा बोल्दै घिमिरेले महाधिवेशनमा सांढे तीन सय प्रतिनिधिको सहभागिता रहने र आठ वटा दस्तावेजमा छलफल हुने बताए । त्यस्तै प्रगतिशिल बैचारिक शक्ति निर्माण गर्ने र अहिले देखिएका तमाम समस्या समाधान गरी सवै राष्ट्रवादी एक ठाउँमा उभिने गरी महाधिवेशनले निर्णय लिने उनको भनाई थियो ।

कोभिड महामारी नहटेको भन्दै धेरै भिडभाड नहुने गरि वैचारिक पक्षको महाधिवेशन गराउनमा पार्टी केन्द्रित रहेको उनको भर्नाइ थियो ।

महाधिवेशनले केन्द्रीय कमिटी, पोलिटब्युरो, प्रचार विभाग, शिक्षा, स्वास्थ्य, वैदेशीक लगायतका विभिन्न २० वटा विभागहरुको समेत चयन गरिनेछ । अघिल्लो महाधिवेशनले २१ जना पोलिटव्यूरो, ६८ जनाको केन्द्रीय कमिटी, ११ जनाको स्थायी समिति निर्वाचित गर्ने प्रावधान रहेको थियो । अहिलेको महाधिवेशनले पनि यसैको हाराहारीमा हुन सक्ने घिमिरेले बताए ।

कार्यक्रममा बोल्दै पोलिटव्यूरो सदस्य भगवती घिमिरेले सरकार परिवर्तन भइरहेपनि जनताका समस्या जस्ताको त्यस्तै रहने गरेको बताइन् । उनले भनिन,“सरकार बन्छन्, बललिन्छन्, जनताका समस्या र मनोकाक्षा कहिलेपनि परिवर्तन हुन सक्दैनन्। ” जुनसुकै पार्टीको सरकार जतिपटक परिवर्तन भएपनि उनीहरु यथास्थितीवादमा रहेका कारण परिवर्तन हुन नसकेको उनको आरोप थियो ।

अहिलेको महाधिवेशनले यी समस्या समाधान गर्नेगरी नयाँ शक्तिको रुपमा उभिने उनको दावी थियो । त्यसका लागि चार खालका शक्तिहरुलाई एकै ठाउँमा ल्याउनुपर्ने उनको भनाई थियो । कम्युनिष्ट,वामपन्थी र राजावादी, प्रजातान्त्रीक र संगठीत र असंगठीत शक्तिवीचका राष्ट्रवादीहरुलाई एक ठाउँमा भेला गरेपछि मात्रै आफूहरुले कल्पना गरेको राष्ट्रनिर्माण हुने बताइन् ।

  • प्रकाशित मिति : कात्तिक २५, २०७८, बिहीवार ११:५८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८