कात्तिक २४,२०७८
सरकारले पेट्रोलियम पदार्थमा फेरि मुल्य वृद्धि गरेको छ।
निगम संचालन समितिको निर्णय अनुसार बुधबार राति देखि लागु हुने गरि पेट्रोल , डिजेल र मटटितेलमा प्रति लिटर ३ रुपैयाँ बढाएको छ।
अब पेट्रोलको भाउ प्रतिलिटर १३६ पुगेको छ भने मट्टीतेल र डिजेलको भाउ ११९ रुपैयाँ पुगेको छ ।
हवाई इन्धनको पनि मूल्य प्रतिलिटर ५ रुपैयाँ बढेको छ । अब आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर १०१ र अन्तराष्ट्रिय हवाई इन्धनको मूल्य प्रतिकिलोलिटर ८९५ अमेरिकी डलर पुगेको छ ।
यस्तै खाना पकाउने एलपी ग्यासको मूल्य पनि प्रतिलिण्डिर ७५ रुपैयाँ बढेको छ । अब एक सिलिण्डर ग्यासलाइ उपभोत्ताले १५७५ रुपैयाँ तिर्नुपर्नेछ ।
यो मूल्य समाजयोजनपछि पनि पेट्रोल, डिजेल र एलपी ग्यासमा घाटा रहेको निगमको भनाइ छ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८