• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

अपडेट:सल्यानमा भएको बस दुर्घटनाका मृतकहरुको सनाखत


अपडेट:सल्यानमा भएको बस दुर्घटनाका मृतकहरुको सनाखत

कात्तिक २१, २०७८
सल्यानमा भएको बस दुर्घटनामा परी मृत्यु भएका १२ मध्य १० जनाको खनाखत भएको छ । प्रहरीका अनुसार दश महिला र दुई पुरुषको दुर्घटनामा परेर मृत्यु भएको हो।

दाङको शान्तिनगर गाउँपालिका वडा नम्बर ८ की ३५ वर्षीया सावित्रा केसी, शान्तिनगर ६ कोरबाङका ५ वर्षीय सुरज वली,
सल्यानको शारदा नगरपालिका वडा नम्बर २ की ६१ वर्षीया मीना डाँगी, शारदा ३ की ६६ वर्षीया लीला बुढाथोकी, त्रिवेणी गाउँपालिका वडा नम्बर १ काभ्राकी २४ वर्षीया मीना शाही र क्षत्रेश्वरी गाउँपालिका वडा नम्बर २ का २९ वर्षीय तिलक वलीको मृत्यु भएको प्रहरीको भनाई छ।

त्यस्तै सल्यान शारदा नगरपालिका वडा नम्बर १२ घर घई हाल दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ बस्ने ५३ वर्षीया पर्भा चलाउने, दाङको बबई गाउँपालिका वडा नम्बर ४ की ६० वर्षीया डुली रेउले, बबई ६ पञ्कुलेकी ७० वर्षीया कलाबती बुढाथोकी, घोराही उपमहानगरपालिका वडा नम्बर १० नारायणपुरकी ६५ वर्षीया इन्द्रा अधिकारीको दुर्घटनामा परेर मृत्यु भएको छ। दुई बालबालिकासहित थप दुई मृतकको सनाखत हुन बाँकी छ।

सात जना घाइतेलाई थप उपचारको लागि बाँके जिल्लाका अस्पतालहरुमा रिफर गरिएको छ। केही घाइतेलाई हेलिकोप्टरमार्फत उपचारका लागि काठमाडौं ल्याइएको छ। त्यस्तै थप ७ जना घाइतेको सल्यानमै उपचार जारी रहेको छ। बसमा ३० यात्रु सवार रहेका थिए। चालक अहिलेसम्म सम्पर्कविहीन छन्।

सल्यानको दुलधारा पोखरा खलंगा हुँदै दाङको तुलसीपुरतर्फ आउँदै गरेको ना २ ख २५५२ नम्बरको बस आइतबार बिहान पौने ११ बजेतिर कपुरकोट गाउँपालिका वडा नम्बर ५ खारखोला नजिकै दुर्घटनामा भएको थियो । मृत्यु हुनेहरू अधिकांश तिहार मानेर फर्कंदै थिए।

  • प्रकाशित मिति : कात्तिक २१, २०७८, आइतवार ११:३६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८