कात्तिक २१, २०७८
नवलपुर/ नवलपुरको गैँडाकोटमा रहेको भृकुटी कागजकारखाना भित्र मृत अवस्थामा एक पुरुष भेटिएका छन् ।
इलाका प्रहरी कार्यालय गैँडाकोटका अनुसार ती व्यक्ति गैंडाकोट ५ बस्ने वर्ष अन्जादी २४/२५ का प्रकाश कुमाल रहेका हुन् ।
स्थानीयका अनुसार कुमाल कार्तिक १५ गते राती ११ बजे साथीसँग घर बाट निस्केका थिए । वन्द रहेको कारखानाबाट सरसामान चोरी गर्न जाँदा माथिबाट खसेर मृत्यु भएको हुन सक्ने प्रारम्भिक अनुमान गरेको इलाका प्रहरी कार्यालय गैँडाकोटकी प्रमुख प्रहरी निरीक्षक लक्ष्मी पाण्डे खनालले बताइन् ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८