• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

सल्यानमा बस दुर्घटना हुँदा ८ को मृत्यु, २६ जना घाइते

  • खबरदाता

सल्यानमा बस दुर्घटना हुँदा ८ को मृत्यु, २६ जना घाइते

कात्तिक २१,२०७८

सल्यानमा बस दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ भने २६ जना घाइते भएका छन् । सल्यानबाट दाङको तुलसीपुरका लागि छुटेको रा १ ख २५५२ नम्बरको बस सल्यानको दुलधारा पोखरा खलंगा हुँदै दाङको तुलसीपुर जाँदै गर्दा बिहान ११ बजेतिर कपुरकोटको खारखोला नजिकै दुर्घटना भएको प्रहरीले जनाएको छ।

सल्यानका प्रहरी प्रमुख डिएसपी गोविन्द थापाले ६ जनाको घटनास्थलमै र २ जनाको अस्पतालमा मृत्यु भएको  जानकारी दिए । घाइतेहरुको उद्दार कार्य जारी रहेको उनले बताए । घटनाबारे थप विवरण आउँन बाँकी छ।

  • प्रकाशित मिति : कात्तिक २१, २०७८, आइतवार ०७:३९ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८