• साउन २५, २०७९, बुधवार Wednesday, 10 August, 2022
centreal college

विक्रम पाण्डे भन्छन्ः एमाले प्रवेश हल्ला मात्रै हो


विक्रम पाण्डे भन्छन्ः एमाले प्रवेश हल्ला मात्रै हो

कात्तिक २१,२०७८

केही दिन यता चितवनको राजनीतिक परिवेश परिवर्तन हुने कुराले सामाजिक संजाल तातिएको छ। राप्रपाका नेता विक्रम पाण्डे एमालेमा प्रवेश गर्दै भनेर समाचारहरु आइरहेका छन् । कतिपय न्यूज पोर्टलहरुले त एमालेमा प्रवेश नै गरिसके भने समाचार प्रकाशन समेत गरिसकेका छन् ।

तर सामाजिक संजालमा आफू एमाले प्रवेश गर्दै गरेको भन्ने समाचार निराधार भएको पाण्डेले खवरमुलुकसँग बताए । उनले भने,“एमाले प्रवेशबारे न मलाई कसैले प्रस्ताव ल्याएको छ न म आफै कोहीसँग यसवारे कुरा गरेको छु । म एमाले प्रवेश गर्ने भनेर जसले भन्यो त्यसैलाई एक पटक गएर तपाईले सोध्नुहोस पाण्डेले कहिले भने भनेर ”।

‘कसैले भाषणमा उहाँ हामीसँग आउँदै हुनुहुन्छ भनेका भरमा कसैले समाचार सम्प्रेषण गर्छ भने त्यो उसैको कुरा हो ।मैले राप्रपा वाहेक आफ्नो लागि अर्को कुनै पार्टी देखेको छैन,’ उनले थपे ।

चितवनको क्षेत्रनम्वर तीनबाट चुनाव लड्दै आएका नेता पाण्डे प्रभावशाली नेताको रुपमा मानिन्छन् । पार्टीगत हिसावले मात्रै नभएर व्यक्तिगत कारणले पनि सो क्षेत्रमा उनको पकड बलियो नै देखिन्छ ।

मन्त्री हुँदा या नहुँदा कुनैपनि समयमा उनले माडीमा गरेको विकासलाई जनताले राम्रो मानिरहन्छन् । मन्त्री हुँदाकै पालमा उनले चितवनमा मालपोत कार्यालयलाई विकेन्द्रीकृत गरेका थिए । साथै यातायात व्यवस्था कार्यालय पनि चितवनमै राखीनुपर्छ भन्ने उनलै मन्त्रीपरिषदसम्म पुर्याएका हुन् ।

यस कारण अव नजिक आउँदै गरेको चुनावमा उनलाई आफूतिर ल्याउन मुख्य दलहरु लागिरहेका छन् । पछिल्लो समय नेकपा एमालेका नेता महेश वस्नेतले एउटा अन्तरवार्तामा नेता विक्रम पाण्डे एमालेमा आउन सक्नेतर्फ इकित गर्दै उक्त कुरा बताएका थिए ।

  • प्रकाशित मिति : कात्तिक २१, २०७८, आइतवार ०६:३२ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८