• वैशाख १५, २०८१, शनिवार Saturday, 27 April, 2024

भिम उपाध्यायको एक स्टाटसले बदलिदै…


भिम उपाध्यायको एक स्टाटसले बदलिदै…

कात्तिक १९,२०७८

सामाजिक संजालमा अतिनै क्रियाशील नेपाल सरकारका पूर्व सचिव भिम उपाध्यायले सामाजिक संजाल मार्फतनै धेरैलाई सहयोग गर्दै आएका छन् ।

उनले लेखेका फेसबुक स्टाटसले धेरैको जीवनशैली परिवर्तन भएको पाइन्छ । बिहीवार राति सहयोगको अपील गर्दै उनले लेखेको स्टाटसले सल्यानका चार वालवालिकालाइ सहयोगको ओइरो लाग्न थालेको छ ।

सल्यानको कुमाख गाउँपालिका वडानम्वर ५ का एकै परिवारका चार जना टुहुरा वालवालिकाले खान नपाएकोले सहयोगको अपील गर्दै उनले फेसबुकमा पोष्ट गरेका थिए । पोष्टमा चार जना वालवालिका लहरै देख्न सकिन्छ । जसका बाबु कविराम खड्काले रक्सीले मातेको वेला आफ्नो श्रीमतीको हत्या गरेपछि ती चार जना बालवालिका टुहुरा त यसै नै भए, तीनका बाबु पनि कर्तव्य ज्यानको मुद्दामा जन्मकैदको फैसलामा जेल चलान भएका छन् ।

यसरी अभिभावकविहीन बनेका उनीहरुको सहयोगका लागि उपाध्यायले स्टाटस हालेका थिए ।
शुक्रवार फेरि उनले त्यही विषयमा अर्काे स्टाटस लेखेका छन् । जसमा उनले सहयोगीहरुले दिएको रकम सहित उल्लेख गरेका छन् ।

विहान १० बजेसम्म ती वालवालिकाका लागि ८० हजार २४८ रुपैयाँ जम्मा भइसकेको सामाजिक सजालमा उनले लेखेका छन् । अझै सहयोग आउनेक्रम जारी रहेकोछ ।

No description available.

  • प्रकाशित मिति : कात्तिक १९, २०७८, शुक्रवार ०४:५४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८