कात्तिक १८,२०७९
चितवनको नारायणगढ बजारमा तिहारलक्षित किनमेल गर्नेहरुको भीड बढेको छ।
तिहारको आज लक्ष्मी पूजा भएकाले सरकारी विदा समेत सुरु भएपछि किनमेल गर्नेहरु अझ बढेका हुन् ।
मुख्य पसलमा भन्दा बढी फुटपाथमा किनमेल गर्नेहरु धेरै रहेका हुन् । मुख्य बजार नारायणगढ को शहिदचोक, पुल्चोक ,लायन्स चोकमा किनमेल गर्नेको सख्या धेरै रहेको छ । बढि भीड शहिदचोकका फुटपाथमा देख्न सकिन्छ ।

अधिकाशले तिहार पर्वका लागि आवश्यक पर्ने माला, ढाका टोपी, अोखर,सप्तरङ्गी टीका धेरै किन्ने गरेको व्यवसायीहरुले बताएका छन् । यो पटक फुटपाथमा सयपत्री फूलको माला धेरै देख्न सकिन्छ भने भारतीय माला पनि विक्रीका लागि राखेको पाइयो ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८