कात्तिक १८,२०७८
गैँडाकोट। गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सरकारी सेवामा लगाइएको उमेरहदवन्दी शंसोधन हुनुपर्ने बताएका छन।
गैँडाकोटको जनक नमुना माविमा भएको शिक्षा सेवा समाज नेपालको चौथो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशनको उद्घाटन गर्दै मुख्यमन्त्री पोखरेलले उक्त भनाई राखेका हुन ।
कानुनमा लगाइएको उमेर हदवन्दीले दक्ष र अनुभवि जनशक्ति निष्कृय जस्तै अवस्थामा पुगेको भन्दै यसलाई शंसोधन गरेर देश र जनताको हितमा थप सेवा गर्ने अवसर उपलब्ध गराइनुपर्नेमा उनको जोड थियो ।
सरदर आयू ७० वर्ष नाघिसकेको भन्दै ६५ वर्षसम्म काम गर्न सक्ने उमेरनै रहेको भन्दै यसमा सशोधन गर्नुपर्ने उनको भनाइ हो । साथै सरकारले शिक्षामा पर्याप्त लगानी नगरेको र गरेको लगानी पनि सहीसदूपयोग हुन नसकेको स्वीकार गरे । देश संघीयतामा गएपछि कानुन निर्माणमा जटिलता रहेको भन्दै संघले अहिलेनै शिक्षा ऐन बनाउन सक्ने वातावरण नभएको उनले बताए । संसद चल्दा भइरहेको अवरोधले ढिलाई हुने भन्दै बाझिने हदसम्म खारेज हुने शर्तमा प्रदेश शिक्षा ऐन बनाउने बताए।
एने नियम बनाउँदा रिटायर्ड हुने शैक्षिक व्यक्तिहरुलाई समेत समावेश गर्न उनको आग्रह थियो ।
कार्यक्रममा बोल्दै प्रदेश सांसद विष्णु लामिछानेले गण्डकी प्रदेश सरकारले अवकाश प्राप्त शैक्षिक क्षेत्रका व्यक्तिहरुलाई नै प्राथमिकता दिएको बताए । बौद्धिक व्यक्तिहरुको समूह भएकाले सरकारले यो समूहलाई सही सदुपयोग गर्न सके योजना र कार्यक्रमहरु सफल हुँदै जाने उनको भनाई थियो ।
कार्यक्रममा भरतपुर महानगर उपप्रमुख पार्वती शाह ठकुरी, गैँडाकोट नगरकी उपप्रमुख विष्णु कुमारी कडेँल, शिक्षक सेवा आयोगका उपसचिव दिनेश कुमार श्रेष्ठ, प्याब्सनका गोपेन्द्र केशरी न्यौपाने, नेपाल शिक्षक संघ नवलपुरका अध्यक्ष चुडामणी शर्मा कडेँल लगायतले आफ्नो भनाइ राखेका थिए।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८