कात्तिक १७, २०७८
६ महिना अनिकाल, ६ महिना सहकाल भोग्न वाध्य चेपाङहरुलाई अष्ट्रियामा बस्दै आएकी माया लामा मुलरले खाद्यन्न सहयोग गरेकी छिन् ।
उनले लायन्स क्लब अफ चितवन सौराहा, लायन्स क्लब अफ चितवन ढाकाटोपी र हेल्प डेस्क खैरहनीको सहकार्यमा राप्ती ११ र १२ का चेपाङ वस्तीमा खाद्यान्न सहयोग गरेकी हुन् । सो स्थानमा रहेका ३ सय घरधुरीलाई एक–एक बोरा चामल बाँडिएको हो ।
मायाले जन्मदिन, विवाहवर्ष तथा विभिन्न उत्सवमा खाना बेचेर बचत भएको रकम सामाजिक काममा लगाउँदै आएकी छन् । तिहार मनाउन नेपाल आएकी उनले खाद्यान्न सहयोग गर्न श्रीमान एल्मर मुलरसँगै चेपाङ वस्ती पुगेकी थिइन् ।
विगतमा पनि विपन्नकै सहयोगमा रहेको भविष्यमा पनि सहयोग गर्ने उनले बताइन् । लाइन्स क्लव अफ चितवन सौराहाका अध्यक्ष विक्रम चौधरीले ग्रामीण क्षेत्रका विपन्न वस्तीमा निरन्तर सहयोग गरिने बताए । समाजसेवी शेरबहादुर परियारले चेपाङ वस्तीमा आयमुलक काममा प्रोत्साहन गर्ने कार्यक्रमहरुको खाँचो रहेको बताए ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८