• वैशाख १४, २०८१, शुक्रवार Friday, 26 April, 2024

महानगरिय साहित्य दर्पण २०७८ सार्वजनिक


महानगरिय साहित्य दर्पण २०७८ सार्वजनिक

कात्तिक १७, २०७८

भरतपुर महानगरपालिकाले महानगरिय साहित्य दर्पण २०७८ सार्वजनिक गरेको छ । भरतपुर महानगर प्रमुख रेनु दाहालले बुधवार एक कार्यक्रमका बिच सार्वजनिक गरेकी हुन्। साहित्य दर्पणलाई सार्वजनिक गर्दै प्रमुख दाहालले महानगरपालिकाको साहित्य क्षेत्रमा पूँजीको रूपमा रहने बताउँदै प्रकाशनमा महत्वपूर्ण सहयोग पूर्याउने अग्रज साहित्यकारहरूलाई धन्यवाद व्यक्त गरिन् ।

कार्यक्रममा भरतपुर शैक्षिक प्रशासन महाशाखा प्रमुख महेन्द्र पौडेलले महानगरले कला साहित्य क्षेत्रको उत्थान र साहित्यकारहरूको सम्मानमा विविध कार्यक्रमहरू गरिरहेको भन्दै प्रस्तावित भरतपुर प्रज्ञा प्रतिष्ठान गठनसंगै अझै व्यवस्थित हुने बताए ।

कार्यक्रममा साहित्यकार डा. केशवराज चालिसेले भरतपुर प्रज्ञा प्रतिष्ठान गठनको सुरूवात भरतपुरको साहित्य कला र प्राज्ञिक क्षेत्रको विकास र प्रवर्धनको कोसेढुड्गा हुने बताए ।

सो अवसरमा अग्रज साहित्यकार ईन्द्र रेग्मीले कला साहित्य र सृजना समाज र देशको साझा सम्पत्ति हुने बताउदै प्रस्तावित भरतपुर प्रज्ञा प्रतिष्ठान गठन संगै यस क्षेत्रको कला साहित्यको प्रवर्धन र सर्जकहरूको सम्मान हुने बताए ।

कार्यक्रममा साहित्य दर्पण प्रकाशनमा महत्वपुर्ण सहयोग गर्ने साहित्यकारहरू रामहरी श्रेष्ठ ,एल।बी क्षेत्री, बालकृष्ण थपलिया, समालोचक डि.आर पोखरेल लगायतका साहित्यकारहरूलाई महानगरपालिका प्रमुख दाहालले सम्मान गरेकी थिईन् ।

  • प्रकाशित मिति : कात्तिक १७, २०७८, बुधवार १२:४२ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८