कात्तिक १७, २०७८
नेकपा एकीकृत समाजवादी निकट पत्रकारहरुको संगठन समाजवादी प्रेस संगठन चितवनले चाडपर्व लक्षित शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ ।
आउँदै गरेको दिपावली,छठ तथा नेपाल सम्वतको अवसर पारेर उक्त कार्यक्रम गरिएको थियो । कार्यक्रममा उपस्थितीले सवैलाई शुभकामना दिएका थिए ।
चितवनको सौराहामा आयोजना गरिएको सो कार्यक्रमको प्रमुख अतिथि आन्तरीक मामिला तथा कानुन मन्त्री कृष्ण प्रसाद खनाल रहेका थिए । कार्यक्रममा बोल्दै उनले आफू भर्खरै मात्र उक्त मन्त्रालय सम्हालेको बताउँदै समय छोटो रहेपनि आवश्यक ऐन कानुन निर्माण गरी प्रदेशको विकास गर्ने बताए ।
प्रदेश सरकारले जुनसुकै अवस्थामा पनि पत्रकारहरुको हक हित र सुरक्षाका लागि सदैव तत्पर रहने बताउँदै यो सरकारले कुनैपनि कारणले पत्रकारलाई भेदभाव नगर्ने बताए । सरकार पूर्ण प्रेस स्वतन्त्रताको पक्षको रहेको उनको भनाई थियो ।
संगठनका जिल्ला अध्यक्ष टिकादत्त तिमिल्सेनाको अध्यक्षतामा भएको सो कार्यक्रममा समाजवादीका जिल्ला अध्यक्ष कृष्ण पन्त,बद्री घिमिरे,अर्जुन ढकाल, बाबुराम पाठक, विजय खनाल, हरि अधिकारी लगायत चितवनमा क्रियाशील पत्रकारहरुको सहभागीता रहेको थियो ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८