• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

‘ओलीले रोजे भाषण गर्ने ठाउँ’


‘ओलीले रोजे भाषण गर्ने ठाउँ’

केपी शर्मा / कात्तिक १७, २०७८

 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले १० औँ महाधिवेशनमा आफूले सम्वोधन गर्ने ठाउँको अवलोकन गरेका छन् ।बुधवार विहान ओलीले महाधिवेशनको उद्घाटन सत्र संचालन गर्ने भनिएको नारायणगढको नारायणी नदी किनारको अवलोकन गरेका हुन् ।

एमाले केन्द्रीय कमिटीले १० औँ महाधिवेशन चितवनमा गर्ने भनेर निर्णय गरेपछि एमाले अहिले महाधिवेशनको तयारीमा जुटेको छ। उसले चितवनको नारायणी नदी किनारमा महाधिवेशनको उद्घाटन सत्र संचालन गर्ने जनाएको छ । यस अघि स्थानीय नेताहरुले हेरेको ठाउँलाई आज अध्यक्ष ओलीले अवलोकन गरेका हुन् ।

झण्डै दुई तिहाई नजिक रहेर सरकार चलाएका ओली अहिले पूर्ण रुपमा प्रतिपक्षमा रहेका छन् । पार्टी विभाजन पछि एमालेलाई ठूलो धक्का लागेसँगै एमाले अहिले संघीय र प्रदेशमा सरकारविहीन वनेको हो ।

तर पनि ओलीले हरेक भाषणमा एमालेको अझै दुई तिहाई भन्दै आगामी चुनावमा आफूहरुलाई जिताउन भनिरहेका छन् । सत्तासीन शीर्ष नेताहरुले ओली शक्तिहिन भएको बताइरहदा ओलीले भने १० औँ महाधिवेशनमा ५ लाखलाई उतारेर शक्ति देखाउन खोजेको कतिपयको विश्लेषण छ । माधव नेपालको समूह एमालेबाट चोइटिएपछि एमालेलाई शक्ति प्रदर्शन गर्दै जनतालाई हामी शक्तिशाली छौँ भनेर देखाउन चुनौति थपिएको छ । यसै चुनौतिलाई सामना गर्दै १० औँ महाधिवेशनलाई नेपाल अधिराज्यभरबाट कार्यकर्ता उतार्ने उसले योजना बनाएको हो ।

पछिल्लो समय प्रचण्डसँग क्रुद्ध बनेका ओलीले चितवनलाई नै महाधिवेशन स्थल रोज्नुले यसलाई प्रचण्ड हराउ अभियानको रुपमा सर्वसाधरणले हेर्ने गरेका छन् । केही दिनअघि चितवन आएका प्रचण्डले आफूलाई हराउन षडयन्त्र गर्दै एमालेले अधिवेशन चितवनमा गर्न लागेको बताएका थिए ।
धेरै नेता कार्यकर्ता उतार्ने भएकाले पनि ठाउँको व्यवस्थापन गर्न सकिने नसकिने वारे अध्यक्षलाई आज फिल्डमै गएर जानकारी गराइएको हो ।

उक्त स्थानको अवलोकन पश्चात ओलीले सो क्षेत्र उद्घाटनसत्र का लागि उपयुक्त भएको महसुस गरेको र लगभग ठाउँ यही नै निश्चित भएको नेकपा एमाले बागमती प्रदेश इन्चार्ज काशिनाथ अधिकारीले बताए ।

  • प्रकाशित मिति : कात्तिक १७, २०७८, बुधवार ०७:४५ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८