कात्तिक १६,२०७८
कर्णाली प्रदेशको मुख्यमन्त्रीमा जिवन बहादुर शाहीले दाबि पेस गरेका छन।
काँग्रेस संसदीय दलका नेता शाहीले मंगलबार मुख्यमन्त्री बन्नको लागि दाबी पेस गरेका हुन । उनले कर्णाली प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनी समक्ष नेकपा माओवादी केन्द्र, नेकपा ९एकीकृत समाजवादी०को समर्थनमा नेपालको संविधान २०७२ को धारा १६८ ९२० अनुसार मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन्।
महेन्द्रबहादुर शाहीले सोमबार मुख्यमन्त्रीबाट राजीनामा दिएपछि कर्णाली प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया सुरु भएको हो । सोहीअनुसार प्रदेश प्रमुख कलौनीले मुख्यमन्त्रीमा दाबीका लागि मंगलबार साँझ ७ बजेसम्मको समय दिएका थिए ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८