कात्तिक १५, २०७८
नेकपा एमालेका नेता एवम पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले पार्टीको १० औँ महाधिवेशनको तयारी तीव्र पारिएको बताएका छन । सोमबार भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै पाण्डेले सो कुरा बताएका हुन।
अध्यक्ष केपी शर्मा ओली सहितको टोलीले उद्घाटन सत्र र वन्दसत्रका स्थानहरु हेरेर सम्झौता गरेपछी सबै कुराको फाइनल हुने उनले जानकारी दिए।
अहिले विभिन्न समिति उपसमिति बनाएर महाधिवेशनको तयारी तीव्र पारेको पाण्डेले बताए ।
नेकपा एमाले देश चलाउने पार्टी भएकाले कुनै व्यक्ति र पार्टीलाई टार्गेट गरिरहन आवश्यक नरहेको भन्दै प्रचण्डले आफूलाई लक्षित गरेर महाधिवेशन चितवनमा गरियो भन्नु मनको डर मात्रै भएको पाण्डेको भनाइ थियो ।
प्रचण्ड आफै डराएको र डर भएपछिको अभिव्यक्ति मात्रै भएको भन्दै पाण्डेले एमाले महाधिवेशन चितवनमा हुँदा कसैले टाउको दुखाउन आवश्यक नभएको बताए ।
साथै नेता पाण्डेले अहिलेनै आफू कुन पदमा उम्मेदवारी दिने भन्ने टुंगो नलागेको भन्दै १० बुँदे कार्यान्वयनकै चरणमा रहेकाले यसबाट महाधिवेशनमा कुनै असर नपर्ने उनको भनाइ थियो ।
सकेसम्म सहमतिको महाधिवेशन हुनेगरी काम भइरहेको पाण्डेले बताउनुभयो । यस पटकको महाधिवेशनमा १०० वटा इलेक्ट्रोनिक भोटिङ मेशीन प्रयोग गर्ने सम्झौता भएको बताए ।
चुनाव हुन पनि सक्ने भन्दै मूलरुपमा सहमतिको महाधिवेशन गर्ने उनको भनाई छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८