ओलीकै सरकार रहेको समय नेपाली सेनाले कुसुमखोलामा रहेको चेपाङको घरमा आगजनी गरेका थिए । उठीवास भएका चेपाङ जसोतसो त फेरि त्यहाँ बसे । तर उनीहरुको दैनिकी कसरी चलेको होला भनेर बुझ्न प्रचण्ड त्यहाँ पुगेनन् । के ओली पुग्लान् त?
केपी शर्मा
कातिक १४, २०७८
नेपाल कम्युनिष्ट पार्टी एमाले भरतपुर महानगर कमिटीले आफ्नो नगर अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। उसले आइतवार सो वारेमा पत्रकारलाई बोलाएर जानकारी गराएको हो । आयोजकले चितवनको भरतपुरमा हुन लागेको नगरअधिवेशन ऐतिहासिक र फरक हुने दावी गरेको छ ।
उसले भरतपुरको हाकीम चोकमा रहेको मिड टाउन रिर्सोट अर्थात पुरानो स्टार बैँङ्कैटमा कार्यक्रम गर्ने तयारी अन्तिम चरणमा पुर्याएको हो । कार्यक्रमलाई उद्घाटन गर्न एमालेका अध्यक्ष एवम पूर्वप्रधानमन्त्री केपी शर्मा ओली आउने भएका छन् ।

स्थलमार्ग हुँदै चितवन आउदै गर्दा ओलीले एमालेको १० औँ महाधिवेशनेको उद्घाटन सत्र गर्ने स्थान नारायणी किनारको अवलोकन गर्ने समेत आयोजकले बताएको छ । त्यसै दिन उनले नगर अधिवेशन उद्घाटनको अलवा १० औँ महाधिवेशनको सम्पर्क कार्यालय समेत उद्घाटन गर्ने कार्यक्रम रहेको छ । त्यसपछि उनी सिधै सौराहा जाने छन् । जहाँ १० औँ महाधिवेशनको बन्द सत्र गरिने स्थानको निरीक्षण गर्नेछन् ।
कार्तिक १५ र १६ गते २ दिन चितवन वस्ने गरी आउन लागेका केपी शर्मा ओली माडी समेत पुग्नेछन् । उनले माडीमा आफैले सहयोग गरेर भित्राइएको राम सीताको मुर्ति र मन्दिरको अवलोकन समेत गर्नेछन् । त्यतिमात्रै नभएर त्यहाँका जनतासँग उनले अन्तरक्रिया समेत गर्ने तय भएको बताइएको छ।
चितवन आएर ओली सरिक हुने विभिन्न कार्यक्रममध्य माडीमा हुने तथा गरिने कार्यक्रमलाई जनताले पृथक ढंगले हेरेका छन् । आम चितवनवासीको चासो माडीमा राममन्दीरका लागि मुर्ति दिएका ओलीले उक्त क्षेत्रमा के कुरालाई लिएर सम्वोधन गर्लान् भन्ने रहेको पाइन्छ। प्रचण्डको निर्वाचन क्षेत्र समेत रहेको उक्त क्षेत्रमा ओलीले पक्कै प्रचण्डलाई कमजोर बनाउने गरी आफ्ना कुराहरु राख्लान् भन्ने धेरैको ठम्याई छ ।
उसोत केही दिन अघिमात्रै माडी घुमेर आएका प्रचण्डले भरतपुरको एउटा होटलमा आयोजित कार्यक्रममा ओलीले चितवनमा दसौँ महाधिवेशन राखेर आफूलाई कमजोर बनाउन खोजेको कुरा बताएका थिए । त्यति मात्रै नभएर आफ्नै क्षेत्र माडीमा समेत राम र सीताका मुर्ति पठाई जनतालाई झुक्याउँदै यस क्षेत्रबाट पनि आफूलाई अलग्याउन खोजेको उनको आरोप थियो । प्रचण्डले यतिसम्म भनेकी “साँच्चै राममन्दिर बनाउन ओली तयार थिए भने बजेट हेरे हुन्छ । ओलीले छुट्याएको बजेट हेर्दा राममन्दिर बनाउने भन्दा पनि मुर्ति राखेर जनतालाई छक्याउन मात्र खोजेको देखिन्छ । ”
आफ्नै निर्वाचन क्षेत्रको बाँदर झुला जुन अहिले हनुमान झुलाको रुपमा परिचित वन्यो , त्यहाँ पुगेर नागरिकता वितरण समेत प्रचण्डले गरेका थिए । अव ओलीले त्यहाँका जनतालाई के भन्छन् भन्ने चासो आमसर्वसाधरणको रहेको छ । प्रचण्ड आउँदा पनि नेपाली सेनाले आगो लगाइदिएर उठीवास बनाइदिएको कुशुमखोलाका चेपाङवस्तीमा भने पुगेनन् । के ओली त्यहाँ पुगेर प्रचण्डलाई काउण्टर दिन्छन् त भन्ने प्रश्न समेत उठेको छ।
त्यति मात्रै होइन ओली प्रधानमन्त्री हुँदा महङ्गा सामान ल्याएर बालुवाटारमा दरवार बनाउन लगाएको र प्रधानमन्त्रीबाट कहिल्यै हट्न नपर्ने दम्भ रहेको आरोप समेत प्रचण्डले लगाएका थिए । त्यसो त ओलीले यसको जवाफ भने दिइसकेका छन्। अझै चितवन आएर प्रचण्ड लक्षित कति कुरा भन्ने हुन् भन्ने कौतुहलता भने धेरैमा रहेको देखिन्छ ।
नेकपा एमाले चितवनकी अध्यक्ष पार्वती रावलले केपी शर्मा ओली चितवन आएपछि दुई दिन सम्म यहाँ रहदा उनले भाग लिने कार्यक्रमको बारेमा जानकारी गराएकी थिइन् ।
ओलीले अधिवेशन सभालाई मध्यान्ह १२ बजे सम्बोधन गर्ने समय तय गरिएको छ । अधिवेशन उद्घाटनपछि अध्यक्ष ओलीले एमालेको केन्द्रीय महाधिवेशनको बन्द सत्र हुने सौराहास्थित होटल सेभेन स्टारको अवलोकन गर्नेछन् । तर उक्त होटल छनौट हुने या नहुने भन्ने बिषयमा ओली आएपछि मात्रै निश्चित हुने रावलले बताइन् ।
कात्तिक १६ गते नारायणी नदीमा रहेको मिनीक्रुजको समेत अवलोकन र शयर गर्ने कार्यक्रम राखिएको छ । तत् पश्चात ११ बजे माडीको अयोध्याधामको अवलोकन एवं भेटघाट कार्यक्रम तय भएको एमाले चितवनले जानकारी दिएको छ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८