• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

भरतपुर अस्पतालमा ओपीडी टिकट अनलाइनबाट


भरतपुर अस्पतालमा ओपीडी टिकट अनलाइनबाट

कात्तिक १२, २०७८ । टिकट लिनै सकसपूर्ण बनिरहेको भरतपुर सरकारी अस्पतालमा अवबाट अनलाइनबाट टिकट लिन सकिने भएको छ । अस्पतालले अनलाइनबाट ओपिडी (बहिरङ्ग) टिकट सुरु गरेको हो ।
अस्पतालका अनुसारे मोबाइल एप्लिकेसन वा भरतपुर अस्पतालको वेबसाइटमा गएर टिकट लिन सकिने व्यवस्था मिलाइएको हो । आउँदो आइतबारदेखि अनलाइनबाट टिकट लिन सकिने अस्पतालले जनाएको छ ।
अस्पतालमा प्रमुख मेडिकल सुपरिटेन्डेन्ट प्राडा कृष्णप्रसाद पौडेलले टिकट लिन अत्यधिक भीड भएपछि अनलाइन टिकट सुरु गरिएको बताए । यसले टिकट लिन लामो समय कुर्नुपर्ने बाध्यताको अन्त्य हुने बताए । रकमको भुक्तानी खल्ती सेवाबाट गर्न सकिनेछ । टिकटको शुल्क रु ३० रहेको छ ।
अस्पतालले ओपिडीमा अत्यधिक भीड भएपछि गत असोज १८ गतेबाट जिओपिडी सेवा सुरु गरेको थियो । बिहान ८ः३० बजेदेखि दिउँसो ३ बजेसम्म जनरल ओपिडी सेवा सञ्चालन हुँदै आएको छ ।

  • प्रकाशित मिति : कात्तिक १२, २०७८, शुक्रवार १२:४१ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८