• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

बागमतीमा मुख्यमन्त्री र तीन मन्त्रीहरुले लिए शपथ

  • खबरदाता

बागमतीमा मुख्यमन्त्री र तीन मन्त्रीहरुले लिए शपथ

कात्तिक ११,२०७८

 

बागमती प्रदेश मुख्यमन्त्री सहित अन्य ३ जना मन्त्रीहरुले सपथ ग्रहण गरेका छन।

नवनियुक्त मुख्यमन्त्री राजेन्द्र पाण्डेले पद तथा गोपनीयताको शपथ लिएका हुन । उनलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

यस्तै कृष्णप्रसाद खनालले आन्तरिक मामिला, कृष्णलाल भँडेलले भौतिक पूर्वाधार र कुमारी मोक्तानले सामाजिक विकास मन्त्रीको सपथ लिएका छन् । उनीहरुले प्रदेश प्रमुख यादवचन्द्र शर्माबाट शपथ लिएका हुन् ।

अष्टलक्ष्मी शाक्यले मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि पाण्डेले प्रदेशसभाका बहुमत सदस्यको समर्थनसहित मुख्यमन्त्रीमा दावी पेश गरेका थिए । पाण्डेले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका १/ १ जना नेता समावेश गरी मन्त्रिपरिषद विस्तार गरेका छन् ।

  • प्रकाशित मिति : कात्तिक ११, २०७८, बिहीवार ११:०९ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८